६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनियमितता गरेको आरोपमा कार्यालय प्रमुख, वडाध्यक्षसहित नौ जनाविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौँ । कुलो निर्माणमा अनियमितता गर्ने कार्यालय प्रमुख, वडाध्यक्ष र उपभोक्ता समितिका पदाधिकारीसहित नौजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

मुगुको छायानाथ रारा गाउँपालिका-१० स्थित तीनमुखेदेखि लुवाबान्नसम्मको सिँचाइ कुलो निर्माणका लागि कृषि विकास कार्यालयबाट ०७६-७७ मा विनियोजित बजेटमा अनियमितता भएको अख्तियारले जनाएको छ । 

७५ लाखको लागत अनुमानको आयोजनामा उपभोक्ता समितिले जनश्रमदानको हिस्सा घटाएर ५४ लाखको भुक्तानी लिएको थियो । तर, काम भने ३१ लाखको मात्र भएको देखिएको आयोगको आरोपपत्रमा उल्लेख छ । कृषि विकास कार्यालय, उपभोक्ता समिति र स्थानीय तहका कर्मचारी र पदाधिकारीको मिलेमतोमा अनियमितता भएको आयोगको ठहर छ ।

यसमा संलग्न कर्मचारी र पदाधिकारीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । आयोजनाको यथार्थ नापजाँच र मूल्याङ्कन नै नगरी नापी किताब तयार गर्ने, कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने तथा स्टिमेटअनुसारको सबै काम भइसकेको भनी नापी किताब र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको अभियोगमा आयोगले कार्यालयका प्रमुख पञ्चलाल बुढा र सबइन्जिनियर राजेन्द्र शाहीविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगको आरोपपत्र अनुसार बुढा र शाहीद्वयले उपभोक्ता समितिका पदाधिकारीसँग मिलेमतो गरी अनियमितता गरेका हुन् । उनीहरूविरुद्ध आयोगले २३ लाख १० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । 

त्यस्तै, आयोजनाको यथार्थ नापजाँच गरी अनुगमन प्रतिवेदन पेस गर्नुपर्नेमा नगरी कृषि विकास कार्यालयका तत्कालीन नायब प्राविधिक सहायक (नाप्रास) मणिचन्द्र विक र जिल्ला समन्वय समितिका तत्कालीन खरिदार विश्वास उपाध्यायले आयोजनाको यथार्थ नापजाँच गरी स्थलगत अनुगमन प्रतिवेदन पेस गर्नुपर्नेमा यथार्थ कार्य मूल्याङ्कन भन्दा विपरीत आयोजनाको सम्झौताअनुसारको काम भएको गलत प्रतिवेदन दिएका आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस