१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन सचिव न्यौपाने अवकाश

अ+ अ-

काठमाडौँ । सचिव महेश्वर न्यौपाने अनिवार्य अवकाशमा घर गएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव न्यौपाने सेवा अवधीका कारण आज(बिहीबार)देखि अनिवार्य अवकाश भएका हुन् । 

निर्वाचन आयोगमा कायममुकायम सचिव रहेकै बेला सचिवमा बढुवा भएका न्यौपाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै पुनः पर्यटन मन्त्रालयबाटै अवकाश भएका हुन् । 

पर्यटनमा खटपटपछि पीपीएमओ पुगेका उनी त्यहाँबाट अक्तियार पुगेका थिए । अख्तियारबाट सम्बन्ध विस्तारसँगै गृह पसेका उनी सरकार परिवर्तनसँगै प्रधानमन्त्री कार्यालय तानिए भने मन्त्री प्रेम आलेसँगै पुनः पर्यटनमा पुगेका थिए । जहाँ बस्यो त्यही विवादका कारण चर्चामा रहने न्यौपाने अवकाशको मुखमासमेत विवादित नै बनेर घर गए । अवकाश हुन साता दिन मात्रै बाँकी हुँदा पर्यटन बोर्डको पैसामा नेपाल सांस्कृतिक केन्द्रले आयोजना गर्ने कार्यक्रममा हलको उद्घाटन तथा बोर्ड अनावरणका लागि भन्दै दक्षिण कोरिया उडेपछि चौतर्फी चालोचना भएको थियो । 

२०७४ साउन दोस्रो साता सचिवमा बढुवा भएका सचिव न्यौपानेको अवकाशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वरिष्ठ सहसचिव दीपक काफ्ले सचिवमा बढुवा हुँदैछन् ।

अब बस्ने बढुवा समितिको बैठकले काफ्लेसहित नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गर्नेछ र सरकारले नियमित ढङ्गले निर्णय गरेको अवस्थामा पहिलो नम्बरमा सिफारिस काफ्लेलाई बढुवा गर्ने निर्णय गर्नेछ । 

प्रतिक्रिया दिनुहोस