१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करिब २ घण्टाको भर्चुअल वार्तामा राष्ट्रपति सीले बाइडेनलाई भने : आगोसँग खेल्नेहरू अक्सर जल्छन्

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अबेला एक भिडियो कन्फरेन्समार्फत चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरेका छन् ।

करिब २ घण्टा १७ मिनेटसम्म चलेको उक्त भर्चुअल भेटमा बाइडेनसँग जिनपिङ कठोर रूपमा प्रस्तुत भएका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ताइवानमा अमेरिकी हस्तक्षेपबाट आक्रोशित चिनियाँ राष्ट्रपतिले बाइडेनलाई धम्कीपूर्ण प्रतिक्रिया दिएका छन् । भेटमा जिनपिङले भने, ‘म तपाईँलाई यति मात्र भन्छु कि आगोसँग खेल्न खोज्नेहरू जल्छन् ।’

जिनपिङको प्रतिक्रियाले दुई देशबीचको बढ्दो तिक्ततालाई सङ्केत गर्दछ । ताइवानलाई सघाउने अमेरिका र बाइडेन प्रशासनको नीतिको विरुद्ध चीन कडारूपमा प्रस्तुत भएको छ ।

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले अर्को हप्ता ताइवानको भ्रमण गर्दै छिन् । २५ वर्षपछि यति उच्च स्तरको अमेरिकी नेतृत्वको ताइवानको औपचारिक भ्रमण हुन लागेको हो । यो भ्रमणले अमेरिकाले अब ताइवानलाई एक्लै छाड्दैन र आवश्यक ठाउँमा सहयोग गर्दछ भन्ने स्पष्ट सन्देश दिन्छ ।

चीनले यस्तो अमेरिकी नीतिको कडा आपत्ति जनाउँदै यसको प्रतिफल गम्भीर हुने चेतावनी दिँदै आएको छ ।

जवाफमा अमेरिकाले पनि कुनै पनि हालतमा ताइवानबाट आफू पछि नहट्ने स्पष्ट पारेको छ । बिहीबार बाइडेन-जिनपिङ भेटमा पनि सम्बन्धको तिक्तता प्रस्ट देखिन्थ्यो ।

बाइडेन र जिनपिङले गत मार्चमा दुई घण्टासम्म यस्तै भर्चुअल बैठक गरेका थिए। त्यसपछि युक्रेन र रुसबीच युद्धको विषयमा वार्ता भएको थियो ।

बाइडेन सत्तामा आएदेखि उनले जिनपिङसँग पाँच पटक वार्ता गरेका छन् । तर, दुवै नेता व्यापार र ताइवानलगायतका विषयमा कुनै निष्कर्षमा पुग्न सकेका छैनन् ।

यद्यपि, ह्वाइट हाउसले बिहीबारको वार्ताको बारेमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । दुई नेताबीच छिट्टै अर्को वार्ता हुने बताइएको छ । राष्ट्रपतिद्वयको अर्को वार्ताअघि दुई देशका परराष्ट्रमन्त्री स्तरीय भेटवार्ता हुने बताइएको छ ।

बुधबार, पहिलो पटक ताइवान सेनाका तीन वटै ‘विङ्ग’हरूले युद्ध अभ्यास गरेका छन् । यस अवधिमा चीनसँग सङ्घर्ष गर्ने रणनीतिमा ध्यान केन्द्रित गरिएको छ ।

ताइवानी सेनाले अमेरिकाबाट खरिद गरेको मिसाइल परीक्षण गरेको छ । यस क्रममा उनीहरूले युद्धपोत र लडाकु विमानहरूमा पनि चढेको दृश्य पनि सार्वजनिक भएका छन् । यसबाहेक अमेरिकी ड्रोनको पनि प्रयोग गरिएको थियो।

यसैबीच, अमेरिकी सेनाले न्यान्सी पेलोसीलाई तत्काल ताइवान नजान सल्लाह दिएको बताइएको छ । युक्रेन र रुसबीच युद्ध चलिरहेको र यस्तो अवस्थामा ताइवानमा द्वन्द्व भयो भने यो विषय निकै खतरनाक सावित हुन सक्ने अमेरिकी सेनाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस