१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रले प्रदेशस्तरीय बैठकको मिति परिवर्तन गर्‍यो

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्वनिर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ ।

आज (शुक्रबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्वनिर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल आगामी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए ।

उनले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जान लागेको बताए ।

प्रवक्ता महराले बैठकले प्रदेश १ को साउन २६ गते, मधेस प्रदेशको बैठक भदौ २ गते, लुम्बिनी प्रदेशको साउन २९ गते र सुदूरपश्चिमको बैठक भदौ ४ गते बस्ने बताए । प्रवासको बैठक ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्ने उनले बताए ।

‘हामी फेरि १५ गते ३ बजे बस्छौँ । अध्यक्ष कमरेड नेपाली जनप्रगतिशील मञ्चका निम्तोमा जापान जाँदै हुनुहुन्छ २१ गते । २१ देखि २५ गतेसम्म उहाँको जापान भ्रमण हुने भएकोले हामीले पहिला निर्धारित प्रदेशका बैठकहरुको बारेमा जुन तालिका थियो त्यो परिवर्तन गरेका छौँ,उनले भने, २० गते, २२ गते र २४ गतेको कार्यक्रम परिवर्तन गरेका छौँ । मधेस प्रदेशको पहिला २९ गते हुने थियो २ गते सारियो, प्रदेश १ को २६ गते हुने भयो । लुम्बिनी प्रदेशको २४ गते थियो, २९ गते हुने भयो । सुदूरपश्चिमको २८ गते थियो ४ गते हुने भयो । प्रवासको ६ गते र विशेष प्रदेशको ४ गते र सम्पर्क मञ्चको ८ गते हुन्छ ।’

पार्टी पदाधिकारीका बारेमा टुङ्गो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस