८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्नुपर्ने सांसदहरुको माग

अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

परराष्ट्रमन्त्री डा. नारायण खतिवडाले एसपीपी अगाडि नबढाउने सरकारको निर्णय अमेरिकालाई पठाइएको बताएपछि सांसदहरुले त्यो पत्र माग गरेका हुन् ।

‘नेपाल सरकारले अमेरिकालाई पठाएको पत्र यो गरिमामय सदनमा पढेनर सुनाउनुपर्छ’, सांसद पवित्रा निरौला खरेलले माग गरिन् । उनले त्यो पत्र अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई समेत बुझाउन माग गरिन् ।

‘समितिले बारबार पत्राचार गरेको छ । समितिलाई छायाँ कपी प्रदान गरिनुपर्छ’, निरौलाले भनिन् । अर्का सांसद सूर्यप्रसाद पाठकले पनि एसपीपीबारे पठाइको पत्र सार्वजनिक गर्न माग गरे ।

‘परराष्ट्रमन्त्रीले पत्र पनि सरर बाचन गर्नुहुन्छ भन्ने अनुमान थियो । तर गर्नुभएन’ उनले भने, ‘जवाफ दिन जाँदै हुनुहुन्छ पत्र पनि पढेर सुनाउनुहुन्छ भन्ने विश्वास गर्छु । माग गर्छु ।’

सांसद घनश्याम खतिवडाले पनि सार्वभौम संसदले पत्रबारे पनि जानकारी पाउनुपर्ने बताए । ‘के शब्दहरु लेखेर पठाउनुभयो । जनताको सार्वभौम सम्पन्न संसदले त्यो जानकारी राख्न पाउनुपर्छ कि पर्दैन ?’, उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस