११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

अ+ अ-

काठमाडौँ । सरकारले केही सहसचिवहरूको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार विभिन्न निकायमा कार्यरत ११ जना सहसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार उच्च स्रोतबाट प्राप्त विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव ध्रुव घिमिरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक दिवस आचार्यको राष्ट्रिय सूचना आयोग, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका श्यामकृष्ण थापाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश लोक सेवा आयोग, मधेश प्रदेश, जनकपुरधामका प्रदेश सचिव अण प्रसाद न्यौपानेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लुम्बिनी प्रदेश वा अन्तर्गत सरुवा भएको छ । 

यस्तै शहरी विकास मन्त्रालयका प्राविधिक सहसचिव चक्रवर्ती कण्ठको सार्वजनिक खरिद अनुगमन कार्यालय, सार्वजनिक खरिद अनुगमनका कुमार घिमिरे शहरी विकास मन्त्रालय, शहरी विकास मन्त्रालय वा अन्तर्गतका सहसचिव देवराज निरौलाको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं. १ विराटनगरका सचिव उद्धव प्रसाद रिजालको धरान उपमहानगरपालिका, वन मन्त्रालयकी सहसचिव डा. राधा वाग्लेको वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय, प्रदेश नं. १ र त्यहाँका प्रदेश सचिव डा. सञ्जीव कुमार राईलाई वन मन्त्रालयमा सरुवा गरिएको उच्च स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ । 

साउन ३ गते मात्रै सरकारले १५ जना सहसचिवको सरुवा गरेको थियो । 

सम्बन्धित समाचार : १५ सहसचिवको सरुवा

नयाँ नियुक्त भएका, अतिरिक्तमा रहेका, सङ्घीय निकाय र केही प्रदेशबाट सरुवा गरिएपनि प्रदेशबाट सङ्घमा आउने समय पुगेका ठुलो सङ्ख्याका सहसचिवहरूको सरुवा भने अझै गर्न बाँकी नै छ । 

साउन लागेयता विभिन्न निकायमा कार्यरत विभिन्न तहका कर्मचारीहरूको व्यापक सरुवा भइरहेको छ । कर्मचारीको सरुवा नियमित र नितान्त प्रशासनिक प्रक्रिया भएपनि सत्ताधारी मात्रै होइन, सबैजसो दलहरूको पहिलो प्राथमिकता जस्तै बन्दै आइरहेको छ । यतिबेला विभागीय मन्त्रीको पार्टीबाट त आउने नै भयो, गठबन्धन तथा अन्य सरकारमा नभएका दलका सांसद तथा पूर्व मन्त्री-जनप्रतिनिधिहरू कोही कर्मचारी नै च्यापेर त कोही खल्तीमा सूची बोकेर सामान्य प्रशासनमा धाइरहेका छन् । फोन र एसएमएस पठाउनेको त कुरै छोडौँ । 

जसले गर्दा कर्मचारीहरू जवर्जस्त राजनीतिज्ञका फेरो समात्नै पर्ने अवस्थामा पुगेका छन् भने प्रशासनिक ‘उच्च नेतृत्व’को लम्पसारवादले कहीँ कतै नधाउने र नभनाउने कर्मचारीलाई निरीहजस्तै बनेका मात्रै छैनन्, थप हुत्याईमासमेत उनीहरू नै पर्ने गरेका छन् । जुन गलत मात्रै होइन, अभिसापसमेत हो । 

कर्मचारीमाथि बढ्दो राजनीतिक हस्तक्षेप र त्यसबाट उत्पन्न परिस्थितिलाई न्यूनीकरणका लागि मुख्यसचिवले नै मुख खोल्नुपर्ने र बोल्नु पर्ने बेला भएन र ? 

प्रतिक्रिया दिनुहोस