७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति दिनु जनताको संवेदनशीलताको अपमान : प्रदीप ज्ञवाली

अ+ अ-

काठमाडौँ । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको संवेदनशीलतामाथि अपमान गरिएको बताएका छन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई पहुँच दिएर करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिका सदस्यसमेत रहेका उपमहासचिव ज्ञवालीले गम्भीर प्रश्न उठेको व्यक्तिलाई पुनर्नियुक्त गर्नु संवेदनशीलताको अपमान भएको बताए ।

ज्ञवालीले संसदीय समितिको छानबिन नै अपुरो रहेको र गम्भीर आरोपमाथि पर्याप्त मात्रामा छानबिन हुन नसकेको बताए ।

‘अध्ययन नै अधुरो रहेको हो र जानीबुझी अध्ययनलाई अपुरो बनाइएको हो । अनुसन्धानलाई गहिराइमा पुग्नै दिइएन र पर्याप्त मात्रामा टुल्सहरु प्रयोग गर्न नपाएकोले धेरै प्रश्नहरु नै अनुत्तरित छ’, ज्ञवालीले भने ‘अनधिकृत व्यक्ति प्रवेश गरेको हो कि होइन त्यो अनुत्तरित छ । होइन भन्ने आधारहरु छैन । अरु परिस्थितिजन्य कारणहरुले अनधिकृत व्यक्ति आएको हो भन्ने प्रस्टसँग देखिन्छ । त्यसका लागि प्रमाण नै चाहियो र थप अनुसन्धान जरुरी हुन्छ । गम्भीर प्रश्न उठिसकेपछि पनि फेरि सम्बन्धित पार्टी र प्रधानमन्त्रीले पुनस् त्यसी ठाउँमा फर्काउनु भनेको नेपाली जनताको संवेदनशीलतालाई अपमान गरेको ठान्दछु ।’

ज्ञवालीले शुक्रबार संसद्‍मा प्रस्तुत भएको प्रतिवेदनमा धेरै कुरा भनिसकेका बताए । बजेट निर्माणको क्रममा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश दिएको विषयमा सार्वजनिक भएपछि असार २२ मा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठन गरेका थिए । ११ सदस्यीय समितिमा एमालेबाट प्रतिनिधित्व गर्ने ज्ञवालीसहित ४ जना सांसदहरुले अनुसन्धान अधुरो रहेको भन्दै फरक मत राखेका थिए ।

गत शुक्रबार समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको थियो । छानबिन समिति गठन भएपछि राजीनामा दिएका शर्मालाई आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस