७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिटरब्याजीपीडितले बुझाए मुख्यमन्त्रीलाई ज्ञापनपत्र

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका विभिन्न जिल्लाका मिटरब्याजीबाट पीडितहरूले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यालयअगाडि भेला भएर उनीहरूले सातबुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

मिटरब्याजीलाई कारबाहीसहित पीडितको जफत गरिएको सम्पत्ति फिर्ता, मिटरब्याजीको सम्पत्तिको छानबिन, तमसुक व्यवस्थाको खारेजी, सहुलियत दरमा ऋणको व्यवस्था, पीडितलाई न्याय, ऋणीमाथि गरिएको यौनशोषणको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाइएको हो । 

ज्ञापनपत्र बुझ्दै राउतले मिटरब्याजीविरुद्ध कडा कदम चाल्ने आश्वासन दिएका छन् । उनले प्रदेश सरकार मिटरब्याजीबाट पीडितहरूले उठाएको मागबारे गम्भीर रहेको उनको भनाइ थियो । 

मिटरब्याज सरकारका लागि पनि ठूलो चुनौती बन्दै गएको चर्चा गर्दै उनले समाजमा आर्थिक विकृति र अराजकता सिर्जना गर्ने मिटरब्याजीहरूलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 

मिटरब्याजीबाट पीडितहरूको माग सम्बोधन गर्नुको सट्टा प्रदेशका केही मन्त्री, स्थानीय तहका जनप्रतिनिधिले पीडकहरूको पक्षमा काम गर्दै आएको आरोपसहित मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको मधेस प्रदेश सङ्घर्ष समितिका संयोजक मनोज पासवानले बताए । 

ज्ञापनपत्रमा स्थानीय सामन्त, धनाढ्य तथा पुँजीपतिहरूले ३६ प्रतिशत मिटरब्याजमा रकम लगानी गरिरहे पनि राज्यको अक्षमता र गरिबीको फाइदा उठाउँदै ऋण लिएकोभन्दा २० गुणा बढीको कागज बनाउने, सापटी लिँदा पनि जग्गा दृष्टिबन्धक राखिने र कतिपय अवस्थामा जग्गा राजीनामासमेत पास गराइने उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस