७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकक्षमा तोडफोड गर्ने दुई जनाविरुद्ध हर्कराज साम्पाङले दिए प्रहरीमा जाहेरी 

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । 

आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित सङ्घर्ष समितिले नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए । वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले मलाई सोधेर रकम राखेको हो ? भनेपछि आक्रोसित पीडितहरूले कार्यकक्षमा तोडफोड गरेको बताइएको छ । 

साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको बताए । 

बराह पीडित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बास्तोलाविरुद्ध जाहेरी दिएको बताइएको छ । उनीहरूलाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी लिने तयारी गरेको प्रहरीले जनाएको छ । हुलहुज्जत र अभद्र व्यवहारको जाहेरी आएको र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । 

आइतबार छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरूले नगरप्रमुख  विरुद्ध नाराबाजी गर्दै उनको कार्यकक्षको सिसासमेत फुटाई दिएका थिए । 

यता नगरप्रमुख साम्पाङले भने ‘यो राजनीतिक षड्यन्त्र भएकाले प्रहरीमा उजुरी दिएको छु, यो व्यक्तिमाथिको आक्रमण नभई नगर र स्थानीय सरकार माथिकै आक्रमण हो ।’

प्रतिक्रिया दिनुहोस