८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०५० सम्म मुलुकमा क्षयरोग निर्मुल बनाइने

अ+ अ-

काठमाडौँ । सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग निर्मल बनाइन कार्ययोजना बनाइएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज यहाँ आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार कार्यशाला गोष्ठी शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले यस कार्यका लागि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगको खाँचो औँल्याए ।

हाल २५ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उनले आगामी चार वर्षभित्र सबै स्थानीय तहमा अभियान गरिने बताए । मन्त्रालयका निमित्त सचिव श्यामसुन्दर यादवले स्थानीय तहले हरेक घरमा यस्ता रोगी खोजी गरेर केन्द्रमा तथ्याङ्क उपलब्ध गराएमा छिटोछरितो औषधि उपलब्ध गराउन सकिने बताए ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य र समन्वय गरी उक्त अभियान अगाडि बढाउन सकेमा धेरै सर्वसाधारण लाभान्वित हुने विचार व्यक्त गरे ।

विज्ञहरु डा दीर्घसिंह बम, डा राजेन्द्र पन्त, डा महेश्वर श्रेष्ठलगायतले विगतमा व्यवस्थापकीय कमजोरीले उक्त रोगबाट गत वर्ष १७ हजार मानिसको मृत्यु भएकामा अब यसलाई न्यूनीकरण गर्न आवश्यक रणनीति बनाउनुपर्नेमा जोड दिए ।

विभिन्न प्रदेशका प्रतिनिधिको प्रस्तुति रहेको उक्त कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक सञ्जयकुमार ठाकुरले क्षयरोगमुक्त नेपाल अभियानबारे चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस