जनकपुरधाम । कर्मचारीको निधन भएको शोकमा जिल्ला प्रशासन कार्यालय धनुषाले एक दिनका लागि सेवा बन्द गरेको छ ।
प्रशासकीय अधिकृत बालवीर ठाकुरको आज हृदयाघातका कारण असामयिक निधन भएको हो ।
उनको निधन र भाइरल ज्वरोका कारण ८-९ कर्मचारी होम आइसोलेसनमा रहेकाले आज प्रवाहित हुने सेवाहरू स्थगन गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
