विवेकशील साझामा रवीन्द्र मिश्रको प्रस्ताव : मेरै नेतृत्वमा दल दर्ता गरौँ « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विवेकशील साझामा रवीन्द्र मिश्रको प्रस्ताव : मेरै नेतृत्वमा दल दर्ता गरौँ


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले निर्वाचनका लागि आफ्नै नेतृत्वमा दल दर्ता गर्न प्रस्ताव गरेका छन् ।

मिश्रले ११ जेठमा राजीनामा दिएका थिए । तर अहिलेसम्म उनको राजीनामा स्वीकृत भएको छैन भने नयाँ अध्यक्ष पनि चयन भएको छैन । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ३१ साउनभित्र दल दर्ता गर्न निर्वाचन आयोगले समय दिएको छ ।

मिश्रले नयाँ सहमति जुट्ने सम्भावना कम भएकाले आफ्नै नेतृत्वमा दल दर्ता गर्न प्रस्ताव गरेका हुन् । ‘पार्टीमा अढाई महिनादेखि बहुमतबाट नेतृत्व चयन हुन नसकेको स्थितिमा अर्को एक हप्ताभित्र त्यो हुन सक्ने कुनै सम्भावना देखिँदैन,’ उनले पार्टीमा प्रस्ताव राखेका छन्, ‘कानुनतः म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन ।’

नयाँ नेतृत्वका लागि प्रयास जारी राख्न सकिने भन्दै मिश्रले हाललाई भने आफ्नै नेतृत्वमा दल दर्ताका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

मिश्रको भनाइ जस्ताको तस्तै !

आदरणीय साथीहरू,

मैले पार्टी अध्यक्षबाट राजीनामा दिएको झण्डै अढाई महिना भइसकेको छ। केन्द्रीय समितिले नयाँ नेतृत्व चयन गर्न नसक्दा मेरो राजीनामा स्वीकृत भएको छैन।

यस्तो परिस्थितिमा संघीय निर्वाचन घोषणासँगै निर्वाचन आयोगले साउन ३१ गते सम्ममा ‘निर्वाचन प्रयोजन’का लागि दल दर्ता गर्न आह्वान गरेको छ। दल दर्ता नगर्नु देशका विभिन्न ठाउँमा तराजु चुनाव चिन्हमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिबद्ध भएर बस्ने सबैका लागि अन्याय हुनेछ।

दल दर्ता गर्न निर्वाचन आयोगले तोकेका निश्चित सर्तहरू पुरा गर्नु पर्छ। पार्टीमा अढाई महिनादेखि बहुमतबाट नेतृत्व चयन हुन नसकेको स्थितिमा अर्को एक हप्ताभित्र त्यो हुन सक्ने कुनै सम्भावना देखिँदैन। नयाँ नेतृत्व निर्वाचन आयोगले अद्यावधिक गरेपछि मात्र उसको/उनको हस्ताक्षरले मान्यता प्राप्त गर्ने हो। यी सबै कामका लागि पर्खिन सक्ने स्थिति छैन।

कानुनतः म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन। तसर्थ, म साथीहरूलाई निम्नानुसार विनम्र आग्रह गर्दछु। यसलाई गम्भीरतापूर्वक लिइदिनु हुनेछ भन्ने विश्वास लिएको छु।

१- अहिले हतारमा, छोटो सूचनामा, पार्टीको केन्द्रीय समितिको कोरम पुग्ने गरेर बैठक बस्न सक्ने स्थिति छैन। बाहिर जिल्लामा रहेका कतिपय साथीहरू तुरुन्तै आउन सक्ने स्थिति पनि नहुन सक्छ। हामीले विगतमा पनि आपत्कालीन स्थितिमा गरेको अभ्यास के हो भने, पार्टी केन्द्रीय कार्यालयमा मिनेट बुक राखिन्छ र काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूले समय मिलाएर पार्टी कार्यालय आइ मिनेट बुकमा हस्ताक्षर गर्ने गर्दछन्। बाहिर जिल्लामा भएका साथीहरूको तोकिएको प्रयोजनका लागि मात्र भनेर डिजिटल हस्ताक्षर मागिने छ।

२- यो कतिपय साथीहरूका लागि अनुकूल विकल्प नहुने सक्छ तर अढाई महिनामा ननिस्केको सहमति अहिले निस्कने र अर्को विकल्पका साथ अघि बढ्ने सक्ने कुनै सम्भावना देखिँदैन। नयाँ नेतृत्व ९अध्यक्ष० का लागि पार्टी दर्ता भएपछि पनि प्रयास गर्दै रहनु होला तर हाललाई भने सकभर भोलि बुधबार नै पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे पछि गएर त्यहाँ राखिएको मिनेट बुकमा हस्ताक्षर गरिदिन आग्रह गर्दछु। राजीनामा दिएका तर मेरोजस्तै राजीनामा स्वीकृत नभएका साथीहरूलाई पनि यो गम्भीर विषयमा सहयोग गरिदिन अनुरोध गर्दछु।

यो विषयमा तर्क गरेर बस्नु भनेको निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता नहुनु हो। सहयोग नगर्ने साथीहरूले पार्टी सदस्यहरूको प्रश्नको जवाफ दिनु पर्नेछ। पार्टीभित्र जतिसुकै विवाद भए पनि यो विषयमा यहाँहरूको तत्काल सहयोगको अपेक्षा गर्दछु।

स-श्रद्धा

रवीन्द्र मिश्र

Tags :
प्रतिक्रिया दिनुहोस