काठमाडौँ । मन्त्रिपरिषद्को बैठक अहिले केही बेरमा बस्दै छ । बैठक दिउँसो ४ बजे सिंहदरवारमा बोलाइएको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डालगायत केही महत्त्वपूर्ण निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यससँगै आजै अर्थ सचिव नियुक्त गर्ने सम्भावना उच्च छ । अर्थ मन्त्री जनार्दन शर्माको पुनर्बहालीपछि रिक्त रहेको अर्थ सचिवमा राजश्व सचिव कृष्णहरी पुष्करलाई नै नियुक्त गर्ने सम्भावना उच्च रहेको प्रधानमन्त्री निकट स्रोतले प्रशासनलाई जानकारी दिएको छ । ‘९० प्रतिशत सम्भावना पुस्कर जी कै हो’, ती उच्च अधिकारीले भने ‘एक दुई वटा नमिलेको विषय मिल्न मात्रै बाँकी थियो, सम्भवतः आजको बैठकबाट उहाँ नै हुनुहुन्छ होला ।’
कुनै बेला अर्थका लागि मारामार गर्ने सचिवहरू अहिले भागाभागको अवस्थामा पुगेका छन् । बजेटमा करका दर हेरफेर विवादपछि अनेक शक्ति केन्द्रसहित बढाबढको अवस्थामा हारालुछ गर्ने सचिवहरू अहिले पन्छिने अवस्था आउनुले पनि अर्थमा सहज छैन भन्ने बुझ्न कठिन पर्दैन ।