काठमाडौँ । नेपाल समाजवादी पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेले पाएका छन् ।
आज बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
अध्यक्ष बाबुराम भट्टराईको प्रेस सल्लाहकारको समेत जिम्मेवारी निर्वाह गरेका पाण्डे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको अध्ययन गर्ने र मिडियामैत्री राजनीतिज्ञको रूपमा समेत परिचित छन् ।