७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले प्रदेश र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउँछ : आईजीपी सिंह

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले नेपाल प्रहरीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउने बताएका छन् ।

कार्यकालको १०० दिन पूरा भएको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हाम्रा लागि सबै राजनीतिक दल एकै हुन्, सबैलाई निष्पक्ष व्यवहार गर्छौं ।’

गठबन्धन बनाएर सत्तारुढ दलहरु निर्वाचनमा जाँदै गर्दा प्रहरीको भूमिका स्वतन्त्र हुन्छ कि हुँदैन भन्ने प्रश्नमा जवाफ दिँदै उनले नेपाल प्रहरी स्थानीय तह निर्वाचन पनि स्वतन्त्र र शान्तिपूर्णरुपमा सम्पन्न गराएको बताए ।

‘स्थानीय निर्वाचनमा ८४ वटा मावनअधिकारवादी संस्था लगायतले अनुगमन गर्दा पनि चुनाव निष्पक्ष र विश्वसनीय भयो भनेका छन्’ उनले भने, ‘मेरो मातहतका प्रहरी अधिकृतहरु व्यवसायिक र निडर छन्, प्रहरी कहिल्यै कसैको प्रभावमा पर्दैन ।’

अर्थमन्त्री जनार्दन शर्माको सीसी टीभी फुटेज प्रकरणमा ब्लर भिडियो पठाइएको सन्दर्भमा चाहिँ उनले आफू प्राविधिक नभएकाले त्यसको जवाफ दिन नसक्ने बताए । प्रहरीको सरुवा बढुवाको हकमा विगतमा अन्यायमा परेकाहरुलाई न्याय दिँदा वरियतामा तलमाथि भए जस्तो देखिएको बताए ।

उनले भने, ‘यो अवधिमा गल्ती गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याइएको छ, अन्याय भएकालाई न्याय दिइएको छ ।’ हाल मिटरब्याजबाट पीडितहरुले गरिरहेको आन्दोलनको सन्दर्भमा चाहिँ उनले प्रहरी इकाइमा निवेदन दिए न्याय पाइने बताए ।

‘अहिले काठमाडौं प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख गएर उहाँहरुसँग कुरा गर्नुभएको छ’ सिंहले भने, ‘आधा जति समस्या हल भइसकेको छ, मिटरब्याजविरुद्ध शून्य शहलशीलतामा प्रहरीले कारबाही गर्छ ।’

प्रतिक्रिया दिनुहोस