७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी चालक अनुमति : बागमती प्रदेशमा अपराह्न ४:३० देखि अनलाइन फाराम खुला

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ : ३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको बताएका छन् । उनका अनुसार मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।

सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले गत असार २८ गते तोकिएको कोटामा एक हजार दुई सय १५ जना थप गरी शुक्रबारदेखि लागू हुनेगरी तीन हजार छ सय ७५ पुर्‍याएको मन्त्री दाहालले जानकारी दिए । बिचौलियाले थप कोटामा मनपरी गर्न नसकुन् भनेर शुक्रबार ४:३० बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाइएको उनले बताए । 

यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार दुई सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी शुक्रबार नै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको मन्त्री दाहालको भनाइ छ । 

मन्त्रालयका सचिव यमलाल भुसालले सबभन्दा बढी आवेदन जगातिस्थित कार्यालयबाट दिन सकिने र सबभन्दा कम आवेदन एकान्तकुनास्थित कार्यालयबाट दिन सकिने बताए । एकान्तकुनामा सवारी चालक अनुमतिपत्र नवीकरणको प्रक्रियामा आएका गुनासो फछ्र्योट गर्नुपर्ने, पुरानो अभिलेख रुजु गर्नेको संख्या अत्यधिक हुने भएकाले तत्कालका लागि न्यूनतम कोटा तोकिएको उनले जनाए । 

बागमती प्रदेश सरकारले यातायात सेवा कार्यालयको सुधारसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सचिव भुसालले बताए । यसअघि नै मन्त्रालय मातहतको कार्यालयबाट सम्पादन भइरहेको सवारी चालक अनुमतिसम्बन्धी वर्ग थप र नयाँ आवेदनका लागि सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न प्रदेश सरकारबाट अतिरिक्त समयमा कार्यालय सञ्चालनको सुरुआत भइसकेको उनको भनाइ छ । 

सेवाग्राहीहरूले https://applydl.dotm.gov.np/ मा गएर तोकिएबमोजिमको विवरण प्रविष्ट गरी चाहे बमोजिमको मितिका लागि आवेदन दिन सक्ने र अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिका लागि आवेदन दिन सक्ने बेहोरा सूचनामा खुलाइएको सचिव भुसालले बताए । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र श्रम, रोजगार तथा यातायातमन्त्री दाहालको निर्देशनका आधारमा सुधार कार्य अगाडि बढिरहेको र अनुगमन भइरहेको सचिव भुसालले जानकारी दिए। 

उनका अनुसार बागमती प्रदेश सरकारले २०८३ सालसम्मको पालो कुरेर बसेका सबै सेवाग्राहीले जेठको दोस्रो हप्ताभित्रै सेवा प्राप्त गरिसकेका छन् । बागमती प्रदेश मातहतको यातायातसम्बन्धी सबै सेवा प्रवाहको तथ्याङ्कलाई दैनिक रूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस