९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा जीवन बिमा कम्पनीको कुल बिमा शुल्क आर्जन एक खर्ब ३८ अर्ब बढी

अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष (आव) २०७८–०७९ को अन्त्यसम्म १९ जीवन बिमा कम्पनीले एक खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी कुल बिमा शुल्क आर्जन गरेका छन् ।

बिमा समितिले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार बिमा कम्पनीहरूले उक्त बिमा शुल्क आर्जन गरेका हुन् ।

जसमा ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ प्रथम बिमा शुल्कमार्फत आर्जन भएको छ । ९७ अर्ब १९ करोड ३५ लाख रुपैयाँ बिमा पोलेसी नवीकरणमार्फत आर्जन भएको हो ।

गएको वर्ष सर्वाधिक कुल बिमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । गत वर्ष यो कम्पनीले ३५ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको समितिको तथ्यांक छ ।

तीन कम्पनीले गरे १० अर्बभन्दा बढी कुल बिमा शुल्क आर्जन
गएको वर्ष तीन जीवन बिमा कम्पनीले १० अर्बभन्दा बढी कुल बिमा शुल्क आर्जन गरेका छन् । १० अर्बभन्दा बढी कुल बिमा शुल्क आर्जन गर्नमा नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

नेपाल लाइफले ३५ अर्बभन्दा बढी कुल बिमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले उक्त अवधिमा सात अर्ब ३७ करोडभन्दा बढी प्रथम बिमा शुल्कमार्फत आर्जन गरेको हो । त्यस्तै बिमा लेख नवीकरणमार्फत २८ अर्ब एक करोड १२ लाख रुपैया आर्जन गरेको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले गएको वर्ष १८ अर्ब २२ करोड ३२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले प्रथम बिमा शुल्कबापत तीन अर्ब ११ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ भने बिमालेख नवीकरणमार्फत १५ अर्ब १० करोड ४१ लाख रुपैयाँ आर्जन गरेको हो ।

तेस्रो नम्बरमा रहेको नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले प्रथम बिमा शुल्कमार्फत चार अर्ब ६८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ भने बिमालेख नवीकरणमार्फत नौ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको समितिले जानकारी दिएको छ ।

गत आवमा सबैभन्दा कम कुल बिमा शुल्क आर्जन महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनी जीवन बिमा कम्पनीहरूमध्येकै कान्छो कम्पनी भएकाले पनि कम कुल बिमा शुल्क आर्जन भएको हो ।

महालक्ष्मीले गत वर्षको अन्त्यसम्ममा एक अर्ब ५८ करोड ६८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बिमा शुल्क आर्जनमार्फत ८५ करोड १२ लाख रुपैयाँ आर्जन भएको छ भने ७३ करोड ५५ लाख रुपैयाँ बिमालेख नवीकरणमार्फत आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस