काठमाडौँ । सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ भित्र उजुरी दर्ता गर्न आह्वान गरेको छ।
मिटरब्याजीको जालो फैलिन नदिन पीडितलाई जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न गृह मन्त्रालयले आह्वान गरेको हो।
नवलपरासी पश्चिम प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौँको माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटना भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको छ ।
