१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्दै, अध्ययन कार्य धमाधम

अ+ अ-

कर्णाली । सुर्खेत विमानस्थल विस्तारको प्रयास असफल भएपछि पूर्वी सुर्खेतको रामघाट घारीबन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुने भएको छ ।

सङ्घीय सरकारले चालु आवमा बजेट विनियोजन गरेपछि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) सम्बन्धी कार्य सँगसँगै सुरु भएको हो

सरकारले चालु आवमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि चार करोड ४२ लाख ४७ हजार बजेट विनियोजन गरेको छ । विमानस्थल भेरीगङ्गा नगरपालिका वडा नं ९, १० र ११ मा अवस्थित रामघाट–घारीवन क्षेत्रमा निर्माणको प्रस्ताव गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, इन्जिनियरिङ विभाग प्रमुख मुरारी भण्डारीले प्रारम्भिक सम्भाव्यता अध्ययनमा उक्त स्थान उपयुक्त देखिएकाले थप अध्ययन अघि बढाइएको जानकारी दिए ।

‘वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को प्रक्रिया लामो हुने हुँदा सम्भाव्यता अध्ययनसँगै यसको काम पनि सुरु गरिएको छ’, उनले भने, ‘चालु आर्थिक वर्षभित्र अध्ययनका सबै काम सम्पन्न गर्ने तयारीमा छौँ ।’ उनले विमानस्थल निर्माण हुने स्थानको चार किल्लाको टुङ्गो लागिसकेको बताए ।

प्राधिकरणका इन्जिनियरिङ विभाग प्रमुख भण्डारीका अनुसार विमानस्थल धावनमार्ग (रनवे) को लम्बाइ दुई हजार पाँच सय मिटर र चौडाइ ४५ मिटरको हुनेछ । दुई सय २४ हेक्टर क्षेत्रफल ओगट्ने विमानस्थल पूर्व पश्चिम फैलिनेछ । त्यस्तै ट्याक्सीमार्ग एक हजार दुई सय ९६ मिटर लम्बाइ र ३० मिटर चौडाइको बनाइनेछ ।

रामघाट क्षेत्रमा सम्भावना देखेर नै अध्ययनको काम सुरु गरिएको प्राधिकरणको भनाइ छ । यसअघि प्राधिकरणले पूर्वी सुर्खेतकै छिन्चु–मदानेचौर क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन गरेको थियो । त्यहाँ प्राविधिकरूपले उपयुक्त नदेखेपछि प्राधिकरणले गत वर्ष कर्णाली प्रदेश सरकारसँगको साझेदारीमा सुर्खेत विमानस्थल विस्तारको योजना अघि सारेको थियो ।

प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विसं २०७८ असोज १५ गते विमानस्थल स्तरोन्नतिका लागि करिब तीन सय मिटर जग्गा अधिग्रहण गर्ने सम्झौता भएको थियो ।

जसका लागि प्रदेश सरकार र सङ्घीय सरकारले बजेटसमेत छु्ट्याएका थिए तर स्थानीयवासीसँग सहमति नजुटेपछि र रात्रिकालीन रूपमा सञ्चालन गर्न कठिनाइ हुने भएपछि विकल्पमा रामघाटमा विमानस्थल निर्माण गर्न लागिएको हो ।

सुर्खेत उपत्यकामा रहेको विमानस्थलको धावनमार्ग थप तीन सय मिटर विस्तार गर्दा मात्रै दुई सय निजी घर, जग्गा र विद्यालयजस्ता सार्वजनिक संरचनामा क्षति पुग्ने अध्ययनले देखाएको थियो । ‘सुर्खेत विमानस्थल विस्तार कार्य प्राविधिक र आर्थिक दुवै हिसाबले खर्चिलो देखियो, लगानीअनुसार प्रतिफल आउने सम्भावना नदेखेपछि विकल्पको खोजी गरेका हौँ’, प्राधिकरणका इन्जिनियरिङ विभाग प्रमुख भण्डारीले भने, ‘अहिले प्रस्ताव गरिएको स्थानको एप्रोच राम्रो छ, टु वे (दुई बाटो) सञ्चालन गर्न सकिन्छ ।’

प्रस्तावित रामघाट विमास्थल जङ्गल क्षेत्रमा निर्माण हुने भएकाले जग्गा विवाद, मुआब्जा उल्झन नहुने बताइएको छ । अध्ययन टोलीले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि स्थानीयवासीसँग राय सुझाव सङ्कलनको काम थालेको छ । प्राधिकरणले प्रभावित क्षेत्रका सरोकारवाला नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सामुदायिक वन तथा सरोकारवाला व्यक्ति तथा संस्थासँग वातावरणीय प्रभावबारे सात दिनभित्र लिखित राय–सुझाव उपलब्ध गराउन आग्रह गरेको हो ।

भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले आफ्नो क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुनु गौरवको कुरा भएको बताए । उनले भने, ‘प्रारम्भिक चरणका काम सुरु गरिएको छ, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र निर्माण गर्दा आइपर्ने कुनै समस्या आइपरे हामी समन्वयकारी भुमिका खेल्न तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस