११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकमको नाफा १७.५४ प्रतिशतले वृद्धि

अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव २०७८/७९ मा ८ अर्ब ३८ करोड ८९ हजार पुगेको छ ।

कम्पनीको आम्दानीमा वृद्धि भए पनि खर्चमा भने वृद्धि भएको छैन, जसले नाफामा वृद्धि देखिएको हो । गत आर्थिक वर्षका सेवा बापतको कुल आम्दानी ५.४४ प्रतिशतले वृद्धि भएर ३७ अर्ब ८८ करोड ९९ लाख ५९ हजार पुगेको छ । त्यस्तै अन्य आम्दानी २.५१ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड १४ लाख पुगेको छ ।

कम्पनीको दुवै आम्दानीमा वृद्धि हुँदा कुल आम्दानी ५ प्रतिशतले वृद्धि भएर ४४ अर्ब ३२ करोड १३ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कुल आम्दानी ४२ अर्ब २० करोड ९९ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

कुल आम्दानी २ अर्ब ११ करोडले बढाएको टेलिकमले सञ्चालन खर्च पछिको आम्दानी करिब २ अर्बले बढाएको छ । कम्पनीको कर्जाको ब्याज खर्च, ह्रास कट्टी, भन्दा अगाडिको आम्दानी अघिल्लो आवमा १८ अर्ब ४६ करोड १९ लाख ७६ हजार रहेकोमा गत आबमा बढेर २० अर्ब ३७ करोड ६४ लाख ६४ हजार पुगेको छ ।

यस्तै टेलिकमको वित्तीय लागत ८३ करोड ६८ लाख ९५ हजारबाट ५८ करोड ५२ लाख ५२ हजारमा झरेको छ । यता ह्रास कट्टीमा वृद्धि हुँदा प्रोभिजन भने घटेको छ । जसले गर्दा कम्पनीको कर अगाडिको नाफा २१.५८७ प्रतिशतले वृद्धि भएर १३ अर्ब ३० करोड ९२ लाख १८ हजार पुगेको छ ।

कम्पनीले १८ अर्ब ७४ करोड १८ लाख ७२ हजार लगानी गरेको छ । यस्तै कर्मचारीलाई ३ अर्ब ६० करोड ९४ लाख २१ हजार कर्जा दिएको छ । गत आवमा २० प्रतिशत बोनस सेयर मार्फत चुक्ता पुँजी १५ अर्बबाट १८ अर्ब पुर्‍याएको कम्पनीको मुनाफा बढे पनि प्रतिसेयर आम्दानी घटेको छ । आव २०७७/७८ मा १५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ५३ पैसा रहेको थियो ।

तर, गत आवमा बोनस सेयर मार्फत १८ अर्ब पुँजी पुर्‍याएसँगै नाफा बढे पनि प्रतिसेयर आम्दानी भने ४६ रुपैयाँ ५६ पैसामा झरेको छ । सञ्चित तथा जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख ८३ हजार रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस