काठमाडौँ । भेटेरिनरी एसोसिएसनले पशु सेवा परिषद् विधेयकको विरोध गरेको छ । बुधबार एक विज्ञप्तिमार्फत एशोसिएनसले आफूहरूको सरोकारयुक्त विषयलाई नसमेटीकन प्रतिनिधिसभाबाट एकपक्षीय ढङ्गले विधेयक पारित गर्ने काम भएको भन्दै विरोध गरेको हो ।
एसोसिएसनका अध्यक्ष डा शीतलकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा विदेशमा रहेका जनशक्ति स्वदेश भित्र्याउने नीति र वातावरण विकास गरिनुपर्नेमा उल्टै दिनानुदिन वैज्ञानिक जनशक्ति पलायन हुने अवस्था सिर्जना गर्न खोजिएको आरोप लगाइएको छ । यसविरुद्ध एसोसिएसनले भदौ १ देखि ७ गतेसम्मका लागि विरोधका कार्यक्रम समेत तय गरेको छ ।
विज्ञप्ति !

