७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल ट्रेड युनियन सञ्जालद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् माग र आन्दोलनका कार्यक्रमहरू !

अ+ अ-

काठमाडौँ । नेपाल ट्रेड युनियन सञ्जालले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छ । निजामती सेवा ऐन अविलम्ब जारी गर्न माग गर्दै आइरहेका ५ वटै ट्रेड युनियनले पहिलो चरणको आन्दोलनका मागहरू उदासीन भई सरकारले सुनुवाइ नगरेको भन्दै संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् ।

पहिलो चरणको आन्दोलन आज सकिएको छ । तर सरकार आफूहरूका मागप्रति सरकार उदासीन भई सुनुवाइ नगरेकाले दोस्रो चरणको आन्दोलन गर्न बाध्य भएको नेपाल ट्रेड युनियन संजालद्वा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘पहिलो चरणको आन्दोलनबाट हाम्रा मागप्रति सरकार उदासीन भई सुनुवाइ नभएको हुँदा दोस्रो चरणको आन्दोलन गर्न हामी बाध्य छौ, अव पनि हाम्रा मागहरू सुनुवाइ नभएमा आन्दोलनलाई सशक्त रूपमा अगाडी बढाउन बाध्य हुने ब्यहोरा जानकारी गराउँछौ ।’ विज्ञप्तिमा भनिएको छ ।

साथै नेपाल ट्रेड युनियन सञ्जालले आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार स्वंम हुन समेत सचेत गराएको छ ।

ट्रेड युनियन सञ्जालका मागहरू !
१- कर्मचारी मैत्री र सेवा मैत्री हुने गरी सङ्घीय, प्रदेश र स्थानीय तहकालागी निजामती सेवा ऐन जारी गर ।
२- क्षतीपुर्तीसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर ।
३- तिनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामतीको परिभाषामा समावेश गर ।
४- तिनै तहमा कायम हुने गरी तहगत प्रणाली लागु गर ।
५- तिनै तहमा अन्तरसम्बन्ध कायम हुने सुनिश्चिततासहित राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था गर ।
६- कर्मचारी समायोजनबाट उत्पन्न समस्या तत्काल समाधान गर ।
७- राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको सहभागिता सहित पे-कमिसन गठन गर ।
८- तिनै तहमा कार्यरत कर्मचारीहरूको समान अवधिमा वृत्ति विकाशको सुनिश्चितता गर ।
९- अस्थायी करार ज्यालादारी कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर ।
१०- सबै पदक कर्मचारीहरूको पदस्वपान अनुसार तलबमा कायम गर ।
११- सङ्घ प्रदेश र स्थानीय तह मध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम गर ।

आन्दोलनका कार्यक्रमहरू !
१- २०७९ भाद्र ५ गते बिहान ९ बजेदेखि १०:३० सम्म सिंहदरबारमा पर्चा बाँड्ने ।
२- २०७९ भाद्र ६ देखी १७ गते सम्म सबै कार्यालयमा मागहरू लेखिएको कालो ब्यानर राख्ने र कर्मचारीहरूले हातमा कालो पट्टी बाँधी कामकाज गर्ने ।
३- २०७९ भाद्र ९ गते राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई ज्ञापन पत्र बुझाउने ।
४- राष्ट्रिय सभा र प्रतीनिधीसभाको नियमित बैठकमा आफ्ना मागहरूलाई सबै खलका सांसदहरूमार्फत आवाज उठाउन लगाउने ।
५-संबिय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्य सचिव, सम्बन्धित सचिवहरूसँग ऐनका विषयमा निरन्तर दबाब सिर्जना गर्ने ।

प्रतिक्रिया दिनुहोस