६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीदको सपना पूर्णताले मात्र संघीयता बलियो हुन्छ : मुख्यमन्त्री शाही

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीदले देखाएको बाटो र सपना पूरा गर्न सकेमात्र संघीयता बलियो हुने बताएका छन् ।

‘प्रदेश स्थापना तथा शहीद दिवस २०७९’ का अवसरमा आज उनले स्वदेश तथा विदेशमा रहेका कर्णालीवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सङ्घीय व्यवस्था बलियो एवं दिगो तथा प्रभावकारी बनाउन प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

शुभकामना सन्देशमा उनले भने, ‘सङ्घीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिएर आफुसँगै राख्दा प्रदेश सरकार कमजोर बनेका छन् । यसले सङ्घीय व्यवस्था मजबुत हुन सक्दैन । प्रदेश सरकारलाई बलियो बनाउन सकेमात्र सङ्घीयता बलियो हुन्छ । आन्दोलन र शहीदको बलिदानबाट कर्णाली प्रदेशको स्थापना भएको हो ।’

दशकौँदेखि पछाडि पारिएको कर्णालीलाई सङ्घीय संरचनामा सुदूरपश्चिमसँग जोडेपछि त्यसको विरोधमा छुट्टै प्रदेशको माग गर्दै २०७२ साउन २३ देखि भदौ ४ गतेसम्म कर्णालीमा आन्दोलन भएको थियो । प्रदेश प्राप्तिको उक्त आन्दोलनका क्रममा ज्यानको आहुति दिनुहुने जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका टीकाराम गौतम, यामबहादुर बिसी र गोपालसिंह रजवारको सम्झनामा ‘शहीद स्मारक पार्क’ स्थापना गरिएको छ ।

प्रदेश सरकारले चालु आवमा शहीद स्मृति भत्ता र उनीहरुको परिवारका सन्ततिका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिका लागि ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच पूरा गर्न ‘६ ब’ को नीति अगाडि सारेको बताए ।

प्रदेश स्थापनाका अवसरमा आज कर्णाली प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाय, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले शहीद पार्क पुगेर माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस