७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरमा राहदानी लिनेको संख्या बढ्दै

अ+ अ-

मकवानपुर । मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक वर्षमा राहदानी लिनेको सङ्ख्या अत्यधिक भएको जानकारी दिइएको छ ।

कार्यालयबाट प्राप्त जानकरीअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा छ हजार ५ सय ३२ जनाले राहदानी लिएका थिए भने अघिल्लो वर्ष २०७७/७८ मा तीन हजार पाँच सय २४ जनाले राहदानी लिएका थिए । झण्डै यो सङ्ख्या दोब्बर रहेको छ ।

गत आव २०७८/७९ मा सो कार्यालयबाट छ हजार नौ सय ४७ जनालाई राहदानीका लागि साधारण सिफारिस भएको थियो भने चार हजार एक सय ३८ जनाको द्रूत सिफारिस भएको थियो । त्यसमध्ये प्रिन्ट भएर आएकामध्ये चार सय १५ राहदानी वितरण हुन बाँकी रहेको बताइएको छ ।

त्यस्तै कार्यालयबाट अघिल्लो आव २०७७/७८ मा तीन हजार पाँच सय २४ राहदानी वितरण भएको थियो । त्यसमध्ये आठ सय ५० राहदानी वितरण हुन बाँकी रहेको छ । सो अवधिमा चार हजार तीन सय ७४ राहदानीका लागि साधारण सिफारिस भएको थियो भने दुई हजार नौ सय ५१ द्रूत सिफारिस भएको थियो ।

यसैगरी उक्त कार्यालयले गत आर्थिक वर्षमा विभिन्न प्रकृतिका एक सय ५६ मुद्दा फछ्र्योट गरेको जनाएको छ । गत आवमा दर्ता भएका एक सय ४९ मुद्दा तथा अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ३६ मुद्दामध्ये एक सय ५६ मुद्दा फछ्र्योट भएको सो कार्यालयबाट बुझिएको छ । बाँकी २९ मुद्दा चालु आवमा सरेर आएको छ । कार्यालयमा आव २०७८/७९ मा ५३ वटा नयाँ संस्था दर्ता तथा तीन सय सात संस्थाको नवीकरण भएको छ भने सोही अवधिमा दुई पत्रपत्रिका दर्ता गरी सञ्चालन गर्न अनुमति दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस