१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँका ३८ हजार बालबालिकालाई विद्यालयमै खोप

अ+ अ-

दमौली । तनहुँका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ ।

पाँचदेखि १२ वर्षमुनिका ३८ हजार १ सय ५८ बालबालिकालाई विद्यालयमै फाइजर खोप लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन दिएसँगै जिल्लामा भदौ ७ गतेदेखि खोप लगाउन स्वास्थ्य कार्यालय तनहुँ व्यवस्थापनमा जुटेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

उनका अनुसार जिल्लाका एक सय २० शैक्षिक संस्थामार्फत बालबालिकालाई खोप लगाइने छ । खोप अभियान सञ्चालनका लागि जिल्लाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिसकिएको छ । ‘राष्ट्रव्यापी अभियानअन्तर्गत जिल्लामा पनि खोप अभियान सञ्चालनका लागि तयारीमा जुटेका छौँ, स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकिएको छ’, अधिकारीले भने ।

पहिलो चरणमा भदौ ७ गतेदेखि १० गतेसम्म शुक्लागण्डकी र भानु नगरपालिकामा खोप अभियान सञ्चालन गरिनेछ । दोस्रो चरणमा भदौ ११ देखि १४ गतेसम्म व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुई लाखले लगाए पूरा मात्रा

जिल्लाका १० वटै पालिकाका दुई लाखभन्दा बढीले खोपको पूरा मात्रा लगाएका छन् । चार नगरपालिका र छ गाउँपालिकाका दुई लाख १७ हजार तीन सय सातले पूरा मात्रा लगाएको कार्यालयले जनाएको छ । त्यस्तै एक लाखभन्दा बढीले कोभिड खोपको अतिरिक्त मात्रा लगाएका छन् । एक लाख तीन हजार तीन सय ७६ ले अतिरिक्त मात्रा लगाएका छन् ।

भानु नगरपालिकाका १३ हजार नौ सय ६९, व्यास नगरपालिकाका २८ हजार तीन सय १८, शुक्लागण्डकी नगरपालिकाका १३ हजार दुई सय ९५, भिमाद नगरपालिकाका १२ हजार २७, म्याग्दे गाउँपालिकाका नौ हजार एक सय ९४, घिरिङ गाउँपालिकाका चार हजार चार सय ९४, ऋषिङ गाउँपालिकाका आठ हजार एक सय एक, देवघाट गाउँपालिकाका तीन हजार आठ सय आठ, बन्दीपुर गाउँपालिकाका तीन हजार तीन सय ४०, आँबुखैरेनी गाउँपालिकाका छ हजार आठ सय ३० ले अतिरिक्त मात्रा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस