९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिप्ताला भञ्ज्याङ नाका खोल्न प्रशासनलाई गाउँपालिकाको पत्र

अ+ अ-

काठमाडौँ । चार वर्षदेखि बन्द नेपाल–चीन सिमाना ओलाङचुङगोला (टिप्ताला भञ्ज्याङ) नाका खुलाउने पहलका लागि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्रै लेखेर प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका हुन्  ।

नाका बन्द भएपछि स्थानीयलाई आर्थिक संकट पर्दा हातमुख जोर्न समस्या भएको, बस्ती स्थानान्तरणको स्थिति सृजना भएको, महँगी चरम रूपमा बढेको पत्रमा उल्लेख छ । अध्यक्ष लिम्बूले ओलाङचुङगोला, याङमा, घुन्सा र फलेका बासिन्दाको मुख्य आम्दानीको स्रोत जडीबुटी, गलैंचा र चौपाया निर्यात गर्न नपाउँदा समस्या भएको जानकारी दिएका छन् ।

पत्रमा लेखिएको छ, ‘सीमावर्ती क्षेत्र ओलाङचुङगोला, याङमा, फले र घुन्सावासीको मुख्य पेसाको रूपमा पशुपालन, जडीबुटी संकलन, गलैचा उत्पादन रहेको र तिब्बततर्फ मात्र निर्यात हुँदै आएकामा नाका बन्द भएपछि स्थानीय आर्थिक संकटमा परी जीविकोपार्जन गर्नसमेत कठिनाइ भई बस्ती स्थानान्तरणको अवस्था सृजना भएको छ ।’

खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि तिब्बतमा निर्भर रहेको उल्लेख गर्दै पत्रमा नाका बन्दका कारण सडक सञ्जालसमेत जोडिन नसकेको अवस्थामा सदरमुकाम फुङलिङबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्दा अत्यधिक बढी मूल्य परेको भनिएको छ ।

बिरामी तथा आपत्कालीन अवस्थामा तीन दिन पैदलयात्रा गर्नुपरेकाले समस्या जटिल रहेको लिम्बूले जनाएका छन् । पत्रमा नाका खुलाउन तत्काल पहल एवं सहजीकरणका लागि अनुरोध गरिएको छ ।

चीनमा कोरोना संक्रमण देखिएपछि बन्द भएको नाका अझै खुलेको छैन । संक्रमणपछि चिनले सीमावर्ती क्षेत्रवासीलाई खाद्यान्नलगायतको सहयोग गरे पनि नेपाली वस्तु निर्यात नहुँदा समस्या बढेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस