१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको इन्धन र मोबाइल खर्च कटौती

अ+ अ-

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले कर्मचारीलाई दिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले कर्मचारीहरूले लिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

उपमहानगरमा करिब ४० जना उच्च तहका कर्मचारीले यो सुविधा लिँदै आएका थिए । नगरको खर्चमा मितव्ययी हुन निर्णय गरिएको मेयर पाण्डेयले बताए ।

बैठकले २ अर्ब लागतमा बुटवल-१५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार सम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ ।

मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरूको सम्झौता गर्ने वार्षिक कार्य सञ्चालन तालिका स्वीकृत गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए ।

स्वीकृत तालिका अनुसार साउनदेखि कात्तिकसम्म योजनाहरूको लगत स्टिमेट तयार गर्ने, उपभोक्ता समिति गठन गर्ने र मङ्सिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ ।

क्रमागत योजनाहरू मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरूको सुपरिवेक्षण, अनुगमन र फर-फारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले बताए ।

नगर क्षेत्रभित्रका अव्यवस्थित बसोबासीको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्शांकन प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अङ्क तोक्ने, आर्थिक कार्य सञ्चालन निर्देशिका २०७८ संशोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोक सेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस