१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशु स्वास्थ्य विधेयकले सेवा प्रदायक तथा भेटेरिनरी एसोसिएसनबीच चर्कियो विवाद 

अ+ अ-

काठमाडौँ । पशु स्वास्थ्य विधेयकको मुद्दालाई लिएर पशु स्वास्थ्य सेवा प्रदायक तथा भेटेरिनरी एसोसिएसन सङ्घ संगठनबीच विवाद चर्किएको छ । १४ वर्षदेखि रोकिएर रहेको पशु स्वास्थ्य विधेयक प्रतिनिधिसभामार्फत अघि बढेसँगै नेपाल भेटेरिनरी एसोसिएसन लगायतका सङ्गठनले आफूहरू अनुकूल नभएको भन्दै विरोधमा उत्रिएका छन् । 

तर, यता नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घ र नेपाल एनिमल साइन्स एसोसिएसनसहितको तीन वटा सङ्घले भने पशु स्वास्थ्य विधेयक किसानको हितमा रहेको भन्दै आन्दोलनको कुनै तुक नरहेको बताएको छ । 

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनका अध्यक्ष रामप्रसाद मेहताले विधेयक रोक्ने गलत मनसायका साथ नेपाल भेटेरिनरी एसोसिएसनले विरोध गरिरहेको बताए । विधेयक निर्माणका सबै सरोकारवाला निकाय र विज्ञको राय सुझाव समेटिएकाले अहिले विरोध गर्नुको कुनै तुक रहेको उनको तर्क छ ।

विधेयकका बारेमा गरिएका अनर्गल प्रचार प्रसार गरेर विधेयक रोक्दै पशु चिकित्सा क्षेत्रलाई ट्र्याक बाहिर लैजाने खेल भएको बताउँदै उनले विधेयकलाई स्वीकृत गरी करिब ६० हजार भन्दा बढी पशु सेवाकर्मी प्राविधिक, प्राध्यापकहरू, अनुसन्धानकर्ताहरू, वैज्ञानिकहरू र विज्ञहरूले गर्ने कार्यलाई कानुनी दायरामा ल्याइने बताए । 

तर, यता सोही विधेयक विरुद्ध आन्दोलनमा उत्रिएको भेटेरिनरी एसोसिएसन लगायतका आन्दोलित सङ्गठनहरूले भने, पशु स्वास्थ्य विधेयकले स्वास्थ्यकर्मीहरूको लाइसेन्सको प्रावधानलाई कठिन बनाएको, शैक्षिकका आधारमा मात्र लाइसेन्स दिने प्रावधान बनाएर अनुभवीलाई बाइपास गर्ने गरी विधेयक ल्याएको जस्ता आरोप लगाएको छ । असन्तुष्ट पशु स्वास्थ्यकर्मीहरू सेतो एप्रोनसहित सडकमा उत्रिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस