६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको चेतावनी : सम्हालिएर व्यवहार गर, त्यस्ता विधेयक च्यातेर फालिन्छ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाएका छन् । कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरूमाथि दमन गरेको भन्दै उनले यस्ता विधेयक च्यातेर फाल्ने बताए ।

सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले सरकारलाई सम्हालिएर व्यवहार गर्न आग्रह गरे । कानुनमन्त्री गोविन्द बन्दीतर्फ सङ्केत गर्दै उनले भने, ‘एउटा चटके मन्त्री ६ महिनाका लागि आएर हिरो हुनका लागि कसैले नगरेको मैले सकेँ भनेर पीडितहरूमाथि बदजफ्ती गर्ने ?’

संसद्को सबभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल एमालेसँग एक वचन सरसल्लाह नगरेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘मनपरी ढङ्गले विधेयक ल्याएको छ । बहुमत छ भनेर पास गर्न खोजेको छ । त्यस्ता विधेयकहरू च्यातेर फालिन्छ ।’

उनले अघि भने, ‘पीडितहरूको आँसुमा खेलबाड गर्न, अझ पीडा थप्न शान्ति प्रक्रिया होइन । पीडा टुङ्ग्याउनुपर्‍यो, सद्भाव कायम गर्नुपर्‍यो, मेलमिलाप हुनुपर्‍यो ।’

स्वेच्छाचारी ढङ्गले कानून संशोधन गर्न खोजेको भन्दै उनले सरकारलाई खबरदारी गरे ।

२०६२/६३ को जनआन्दोलनको बेला ८ वैशाखमा तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलन टुङ्गियो भनेर घोषणा गर्दा आफूहरूले छैन भनेर अगाडि बढेको भन्दै ओलीले भने, ‘आफ्ना लागि टुङ्गियो भनेर हुन्छ ? देशका लागि टुङ्ग्याउनु पर्दैन ? जनताका लागि टुङ्ग्याउनु पर्दैन ?’

अन्तर्राष्ट्रिय कानुन, सर्वोच्चको फैसलाअनुसार पीडितको चित्त बुझाएर समस्या समाधान खोज्नुपर्ने उनले बताए । पीडितलाई दमन गरेर शान्ति प्रक्रिया टुङ्ग्याएँ भनेर कसैले घोषणा गर्दैमा नटुङ्गिने भन्दै ओलीले भने, ‘पीडा थप्न बन्द गर, यथोचित ढङ्गले न्याय पाउनुपर्छ । मानवताविरुद्धको जघन्य अपराधमा सजाय हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस