स्वीकृत भयो २ मन्त्री र ३ सचिवको विदेश भ्रमण  « प्रशासन
Logo १६ असार २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्वीकृत भयो २ मन्त्री र ३ सचिवको विदेश भ्रमण 


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सरकारले एकैपटक ३ वटा उच्चस्तरीय विदेश भ्रमणलाई स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार २ मन्त्री र ३ सचिवको विदेश भ्रमण स्वीकृत दिइएको हो ।

कार्कीका अनुसार बेलायतमा भदौ २२ देखि आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिएको छ ।

भदौ २० देखि २३ गतेसम्म हुने रसियामा हुने दोस्रो टाइगर फोरम सम्बन्धी कार्यक्रममा भाग लिन वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव प्रेम नारायण कँडेललाई स्वीकृति दिएको छ ।

भदौ २३ देखि आइभरीकोस्टमा आयोजना हुने ‘ट्रान्फर्मिङ लिट्रेसी लर्निङ स्पेस’सम्बन्धी कार्यक्रममा भाग लिन जाने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदीको भ्रमण पनि मन्त्रिपरिषदले स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिए ।

पछिल्लो समय वन मन्त्रालयका सचिव पेम कडेल सबैभन्दा बढी विदेश जाने सचिवमा दरिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस