काठमाडौँ । दोलखाको बिगु गाउँपालिका-१ लामानगरस्थित दुगड जलविद्युत आयोजनाको कामदार चढेको ढुङ्गा तामाकोसी पल्टिँदा बेपत्ता भएका एक युवकको शव भेटिएको हो ।
साउन २३ गते जलविद्युत आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित ८ जना कामदार ढुङ्गा चढेर गएका थिए । स्काभेटर मर्मत गरेर फर्किने क्रममा ढुङ्गा रुखमा ठोक्किएर पल्टिँदा रामेछापको उमाकुण्ड गाउँपालिका–१ वाल्दिङ घर भई नासा हाइड्रोपावरको मिस्त्री काम गर्ने २७र२८ वर्षका रमेश बस्नेत बेपत्ता भएका थिए ।
उनको शव १७ दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलास गर्ने क्रममा बुधबार बिहान १० बजे शव भेटिएको प्रहरीले जनाएको छ ।