११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजीनामाबारे राष्ट्रपति भण्डारीले मुख खोलिन 

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसैनिक अधिकारीहरूलाई बुधबार अपराह्न शीतल निवासमा बोलाएकी थिइन्।

त्यहाँ बहालवाला प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूलगायत पुगेका थिए। राष्ट्रपतिले धन्यवाद दिनु भन्दै पूर्वसैनिक अधिकारीलाई निम्त्याएकी थिइन्, सो क्रममा रात्रीभोज पनि भएको थियो। राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुन्।

राष्ट्रपति भण्डारीले पूर्वसैनिक अधिकारीहरूसँग विभिन्न विषयमा कुराकानी गरेकी थिइन्। प्रतिनिधि सभाबाट हालै दोस्रो पटक पारित नागरिकता संशोधन विधेयकबारे पनि त्यहाँ कुरा उठेको थियो।

राष्ट्रपतिले प्रमाणीकरणका लागि पुगेको नागरिकता संशोधन विधेयक पुनः संसदमै फिर्ता गरे पनि हुबहु प्रतिनिधि सभाबाट फेरि पारित भइसकेको छ भने राष्ट्रिय सभामा पेश हुने तयारीमा छ।

पूर्वसैनिक अधिकारीहरूले पनि नागरिकता संशोधन विधेयकबारे आ-आफूलाई लागेका कुरा राष्ट्रपतिलाई सुनाएका थिए।

पूर्वउपरथी सुरेश कार्की लगायत सहभागीले ‘नागरिकतामा तपाईंले लिएका कदम ठिक छन् तर यसैलाई लिएर राजीनामा दिनेसम्मका कुरा आएका छन् नि !’ भन्ने प्रसङ्ग उठाएका थिए। 

जवाफमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाले नागरिकता विधेयक हुबहु पारित नगरेको भए हुन्थ्यो भन्दै अब राष्ट्रिय सभामा छलफल बाँकी नै रहेको बताएकी थिइन्। उनले नागरिकता विधेयकबारे संविधानअनुसार निर्णय हुने पनि बताएकी थिइन्। 

साथै राष्ट्रपति भण्डारीले भने राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताइन्।

कतिपय पूर्व सुरक्षा अधिकारीहरूले संसदले नागरिकता विधेयक पुनः हुबहु रूपमा पठाएमा प्रमाणीकरण नगर्न सुझाव दिएका थिए। 

केही पूर्वसैनिक अधिकारीहरूले भने राष्ट्रपतिले लिने नागरिकता कदममा आफूहरूले समर्थन गर्ने बताएका थिए।

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पुनः पारित भइसकेको र राष्ट्रिय सभाबाट पनि पारित गर्दै सभामुखमार्फत प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी छ।

सभामुखले पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर राष्ट्रपतिले नागरिकता विधेयक पारित नगरी राजनीतिक कदमका रूपमा राजीनामा दिन सक्ने चर्चा केही दिनदेखि भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस