१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेवार समुदायमा पञ्चदान पर्व मनाइँदै

अ+ अ-

काठमाडौँ । नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ । नेवार समुदायमा पूजा, खाने वस्तु, पिउने कुरा, औषधि, दैनिक प्रयोजनका चीजबीज गरी पाँच वस्तु भिक्षु जीवन पूरा गरी गृहस्थमा प्रवेश गर्ने शाक्य र बज्राचार्य समुदायका व्यक्तिलाई प्रदान गर्नुलाई पञ्चदान भन्ने गरिएको यस विषयमा खोज अनुसन्धान गरिरहेका अच्युत बज्राचार्य बताउछन् ।

ललितपुर पाटनमा भने यो पर्व श्रावण शुक्ल अष्टमीकै दिनमा मनाइने पनि उनले जानकारी दिए । अन्य सबैतिरका नेवार समुदायले आजै यो पर्व मनाउँछन् । सिद्धार्थ गौतमले ज्ञान प्राप्तिका लागि गृहत्याग गरेको घटनासँग पनि यो पर्वको सम्बन्ध रहेको छ । शरीर रक्षाका लागि गौतम बुद्धले भिक्षा ग्रहण गरे । दान पारमिता पूण गर्न पञ्दान गरिन्छ । बौद्ध दर्शन अनुसार दश पारमिता पूरा गरेपछि बुद्धत्व प्राप्ति हुन्छ ।

दान, शील, क्षान्ति, वीर्य, ध्यान, प्रज्ञा, बल, उपाय, प्रणिधि र ज्ञान गरी दश पारमिता पूरा गरेपछि बुद्धत्व प्राप्त हुने बौद्ध दर्शनका विभिन्न पुस्तकमा वर्णन गरिएको जानकारी पनि अनुसन्धाता बज्राचार्यले दिए ।

पञ्चदान बुद्धत्व प्राप्तिको पहिलो खुड्किलो हो । यसपछि अन्य नौ पारमिता पूरा गर्न लागिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस