१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको प्रतिवेदन : पार्टी प्रवेश गराएर चुनाव जित्ने दाउ 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध भइरहेको घेराबन्दी अभेद्य नभएको बताएका छन् ।

पार्टी कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले अहिले भइरहेको राजनीतिक ध्रुवीकरण तत्कालका लागि चुनौतीपूर्ण भए पनि दीर्घकालीन हिसाबमा सकारात्मक रहेको बताएका छन् ।

राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले निर्विवाद नेताका रूपमा स्थापित भएको उनको दाबी छ । एमाले अध्यक्ष ओलीले भनेका छन्, तत्कालका लागि देखिएको प्रतिकुल शक्ति सन्तुलन, हाम्रा विरुद्धको घेराबन्दी र बृहत् षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिए पनि यो अभेद्य छैन ।’

स्थानीय चुनावमा एमालेले सर्वाधिक मत पाएको र पाँच दलले एक्लै लड्न डराएर नयाँ दलहरुलाई गठबन्धनमा थप्न खोजेको ओलीको विश्लेषण छ । राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण लगायतका उद्देश्यमा सहमत सहयात्रीहरूसँग सहकार्यलाई खुला राख्ने, तर एक्लै पनि सफल हुनसक्छौं भन्ने आत्मविश्वास राख्ने ओलीले बताएका छन् ।

बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत मात्र अपुग रहेको भन्दै ओलीले चुनावी जितका लागि पार्टी प्रवेशलाई मुख्य अस्त्रका रूपमा अघि सारेका छन् । निर्वाचन क्षेत्रको शक्ति सन्तुलन हेरेर प्रतिस्पर्धा रहेको ठाउँमा जित सुनिश्चित गर्न तथा एमाले अगाडि रहेको ठाउँमा जीतलाई कायम राख्न पार्टी प्रवेशको ठोस र मूर्त योजना बनाउनुपर्ने उनले बताएका छन् ।

राजनीतिक प्रतिवेदन :

प्रतिक्रिया दिनुहोस