६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौ २० भित्र केन्द्रलाई उम्मेदवार सिफारिस गर्न काँग्रेसको परिपत्र  

अ+ अ-

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्न तल्ला तहलाई परिपत्र गरेको छ । 

काँग्रेस महामन्त्री गगन थापाले बिहीबार गरेको परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तल्ला तहबाट भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका छन् । 

एकभन्दा बढी निर्वाचन क्षेत्र भएको क्षेत्रीय समितिलाई पठाइएको निर्देशनअनुसार प्रत्यक्षतर्फ उम्मेदवारका विषयमा बढीमा तीन जना र समानुपातिकतर्फको लागि कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरी २०७९ भाद्र १६ गतेभित्र जिल्ला कार्यसमितिमा पढाउनुपर्ने हुन्छ । 

जिल्ला कार्यसमितिले भने क्षेत्रबाट आएको सिफारिसमा आफ्नो राय समेटेर भाद्र १८ गतेभित्र प्रदेश कार्यसमितिमा नाम पठाउनुपर्ने हुन्छ । यता, एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा भदौ १८ गते जिल्लाले प्रदेश र २० गते प्रदेशले केन्द्रमा उम्मेदवार सिफारिस गर्नुपर्ने परित्रपत्रमा उल्लेख गरिएको छ ।

प्रदेशतर्फ भने प्रदेशसभा क्षेत्रीय समितिले प्रत्यक्षतर्फका लागि बढीमा तीन जना र समानुपातिकतर्फका लागि कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम भदौ १४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाउनुपर्ने हुन्छ । यो एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाका लागि पठाइएको निर्देशन हो । 

प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट आएको सिफारिसमा आफ्नो रायसहित प्रतिनिधिसभा क्षेत्रीय समितिले भदौ १६ गतेभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्ने हुन्छ । जिल्ला कार्यसमितिले आफ्नो रायसमेत उल्लेख गरी भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी भदौ २० गतेभित्र केन्द्रमा नाम पठाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस