काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षकहरूलाई कक्षाकोठामा मोबाइल चलाउन निषेध गरेको छ ।
गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले विद्यालयको पठनपाठनको समयमा कक्षाकोठाभित्र र विद्यार्थीहरूलाई विद्यालय हाताभित्र मोबाइल फोन चलाउन निषेध गरेको हो ।
शिक्षकहरूले पठनपाठनको समयमा कक्षाकोठामा मोबाइल चलाउँदा शिक्षण सिकाइ प्रभावित हुने भएकाले कक्षाकोठा तथा विद्यालय हाताभित्र मोबाइल चलाउन निषेध गरिएको सूचनामार्फत गाउँपालिकाले जनाएको छ ।
सूचना !
