९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमेडियन सिंहविरूद्ध प्रहरीमा जाहेरी, नेवा समुदायमाथि चोट पुग्ने गरि व्यंग्य गरेको आरोप

अ+ अ-

काठमाडौँ । नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको छ।

शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिएका हुन्।

सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको थियो।

नेवा समुदायको भाषा, संस्कृति तथा सभ्यतामाथि लक्षित गरी अपमानजनक व्यंग्य गरेको भन्दै जाहेरी परेको हो। जाहेरीमा मतियार बनेकाहरूलाई समेत कारबाही गर्न माग गरिएको छ।

सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप छ। सिंहविरूद्ध ८५ जनाले जाहेरी दिएका छन्।

सिंहले भनेका छन्, ‘मलाई नेवारी एक्सेन्ट एकदमै मनपर्छ। नेवारी टोन। क्या मिठ्ठो गरी बोल्छन् नि नेवारहरू। त भन्नै सक्दैनन्। त लाई ट भन्छन्। क्या मजाको सुनिन्छ नि। त भन्न नसक्ने भए आफू बस्ने ठाउँको नाम भक्तपुर किन राखेको ?’

यस्तै नेवा समुदायका महिलाहरूप्रति लक्षित गरेर पनि व्यंग्य गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

विरोध भएपछि युट्युबबाट सो भिडिओ समेत हटाइसकिएको छ। सिंहले फेसबुकमार्फत् माफी समेत मागेका छन्। आफ्नो मनसाय कसैलाई पनि चोट पुर्‍याउने नभएको र हसाँउनेमात्रै भएको उनले बताएका छन्।

अभियन्ता सुमन सायमीले उनलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

‘आज हाम्रो समुदायमाथि प्रहार गर्‍यो। भोलि फेरि अर्को समुदायमाथि प्रहार गर्ला। यसले सामुदायिक सद्भाव भत्काउँछ,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘तीन वटै जिल्लाका मानिसहरू यहाँ आइपुगेका छन्। हाम्रो भाषा, खाना, महिला, ठाउँ सबैलाई लक्षित गरी प्रहार गरेको छ। उनीमाथि र यो कमेडी क्याफेका सञ्चालकमाथि कारबाही हुनुपर्छ।’

उनका अनुसार शनिबार नै प्रहरीले उनीविरूद्ध प्रहरीमा जाहेरी दिएका छन्। तर शनिबार भएको कारण प्रहरीले जाहेरी दर्ता गरेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौं‌का प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले यसमा निवेदन परेको भए कारबाही गरिने बताए।

‘आज नै दर्ता त हुँदैन। तर जाहेरी परेपछि हामी कानुनबमोजिम कारबाही अगाडि बढाउँछौं। आज प्रहरीले के कसो हो हेर्ने कानुनबमोजिम काम गर्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस