९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न पोखरा महानगरको आग्रह

अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न आग्रह गरेको छ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङहरूलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका हुन्।

महानगरपालिकाबाट राजश्व छुट लिएर पार्किङ प्रयोजनका लागि निर्माण गरिएका बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको भए महानगरले तोकेको समयावधि भित्र हटाउन समेत भनिएको प्रमुख आचार्यले स्पष्ट पारे।

उनले भने, ‘राजश्व छुट लिएर पार्किङ बनाउने गरी अन्डरग्राउन्ड बनाएका घरहरूमा पनि अहिले सवारी पार्किङका लागि प्रयोग भएका छैनन्। लेकसाइडमा अधिकांश घरमा प्रयोग भएको छ। तर मुख्य सहरतिर त्यसो नभएकाले हामीले एक महिना अगाडि पार्किङ प्रयोजनलाई प्रयोग गर्नुहोला भनेर सबैलाई चिठी पठाइसकेका छौ । हामीले अरू पालिकाले सुरु गरेपछि गरेका होइनौँ एक महिना अघि नै यसको सुरुआत गरिसकेका हौ।’

पार्किङ प्रयोजनको लागि बनेका भवनमा व्यापार देखि दोहोरी पसल सञ्चालन भएपछि पोखरा महानगरले पुनः ३५ दिने सूचना जारी गरी खालि गर्न भनेको छ। ३५ दिनभित्र खाली नगरे कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।

महानगरको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका क्षेत्रभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तलासहितका भवनहरूको भूमिगत तलालाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याउनुभएका घरधनीहरूलाई आजका मितिले ३५ (पैँतिस) दिनभित्र भूमिगत तलालाई खालि गरी पार्किङको रूपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिन्छ । अन्यथा कानुनबमोजिम हुने बेहोरा जानकारी गराइन्छ ।’

पोखरा महानगर मेयर धनराज आचार्यका अनुसार एक महिना अगाडि नै महानगरले अन्डरप्राउन्डलाई पार्किङ प्रयोजनका लागि मात्रै प्रयोग गर्न र त्यहाँ खडा गरिएका व्यापारिक संरचना हटाउन पत्राचार गरेको थियो ।
तर, घरधनीले अटेर गरेका कारण महानगरले पुनः पत्राचार गरेको हो ।

महानगरको आग्रहलाई अटेर गरे महानगर आफैँले हटाउने र त्यसबापतको क्षतिपूर्ति समेत सम्बन्धित व्यवसायीहरूबाट असुल उपर गरिने उनको चेतावनी दिए।

उनले भने, ‘मेनरोड भित्र अन्डरग्राउन्ड अनिवार्य छ, अन्डरग्राउन्डका लागि राजस्व छुट छ । अनुमति लिएर, छुट लिएर अन्डरग्राउन्ड सहित बनेका घरमा पनि पार्किङ प्रयोग भएको छैन । हामीले एक महिना अघि पार्किङ प्रयोजन गर्नुहोला भनेर सबैलाई चिठी पठाइसकेका छौँ । उहाँहरूले नगरिसकेपछि फेरि ३५ दिनको सूचना निकालेका छौँ, त्यो समयमा हटाउनुभएन भने त्यसको खर्च पनि उहाँकै हुनेछ ।’

पोखरामा करिब २५० वटा अन्डरग्राउन्ड सहितका भवन छन्। त्यसमध्ये करिब ६० वटा भवनले मात्रै प्रयोजन अनुरूप अन्डरग्राउन्डलाई पार्किङका रूपमा प्रयोग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस