काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराउने तयारी गरेको छ । त्यसको लागि महानगरपालिकाको टोली अहिले सुरज आर्केड पुगिसकेको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सुरज आर्केडको बेसमेन्ट र त्यस वरपरका अवैध संचरना हटाउन निर्देशन दिएपछि महानगरको टोली त्यहाँ पुगेको हो।
महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर विभिन्न ठाउँका अवैध संरचनाहरू भत्काएका थिए ।
सुरज आर्केडको बेसमेन्टमा पसलहरु राखिएका छन् । महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना दिएपनि सुरज आर्केडको व्यवस्थापनले आनाकानी गरेपछि महानगरले बेसमेन्ट खाली गर्न लागेको हो । सुरज आर्केडले बेसमेन्टमा पार्किङ गर्न नदिएपछि सडकमा पार्किङ गर्दा उक्त क्षेत्रको अवस्था अस्तव्यस्त हुने गरेको छ ।
महानगरले आइतबार भोटाहिटी(रत्नपार्कको अन्डरपासमाथि बनाइएका अवैध संरचना हटाएको थियो।