९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले मागे गृहमन्त्रीसँग अङ्गरक्षक

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले आफूसहित रेक्टर शिवलाल भुसाल र रजिस्ट्रार पेशल दाहाललाई असुरक्षा भएको भन्दै गृह मन्त्रालयसँग निजी सुरक्षा अधिकृत (अङ्गरक्षक) माग गरेका छन् ।

उनले गृहमन्त्री बालकृष्ण खाँणलाई सम्बोधन गरी दिएको निवेदन कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री तथा सहकुलपति देवेन्द्र पौडेललाई समेत बोधार्थ पठाइएको छ । आइतबार पत्रकार सम्मेलन गरेर उपकुलपति बाँस्कोटाले विश्वविद्यालयमा शान्ति सुरक्षाको वातावरण नभएको गुनासो गरेका थिए ।

स्रोतका अनुसार उपकुलपति बाँस्कोटाले गृहमन्त्रालयमा निवेदन दिएका हुन् । सोही दिन नेविसंघका कार्यकर्ताले त्रिवि कार्यकारी परिषद् बैठक स्थलबाटै फाइललगायत कागजात नियन्त्रणमा लिएका थिए । त्यसको अघिल्लो दिन उनको कार्यकक्षमा प्रवेश गरी कुर्सीमा जुत्ताको माला राखेर दुर्व्यवहार गर्दै तोडफोड गरिएको थियो ।

पदीय जिम्मेवारीले गर्दा दैनिक कार्यालय र सार्वजनिक कार्यक्रममा समेत उपस्थिति हुँदा भौतिक आक्रमण गर्ने सम्भावना भएकाले असुरक्षाबाट बच्नका लागि ३ पदाधिकारीलाई दुई-दुई जना निजी सुरक्षा अधिकृतको माग गरिएको छ । विश्वविद्यालयमा शान्तिपूर्ण रूपमा काम कारबाही गर्ने वातावरण मिलाइदिन पनि उपकुलपति बाँस्कोटाले आग्रह गरेका छन् ।

त्रिविले विज्ञप्ति निकालेर नेविसंघको नाममा एक समूहले विश्वविद्यालयमा निरन्तर तोडफोड, लुटपाट, तालाबन्दी, धाकधम्की दिँदै आएको जनाएको छ । 

‘विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विभिन्न विद्यार्थी सङ्घबाट लेटरप्याड प्रयोग गरी वा नगरी केही समूहको नाममा तालाबन्दी गर्ने उपकुलपति रेक्टर, रजिस्ट्रारको कुर्सी, टेबुल जलाउने, बारम्बार कार्यकक्ष तोडफोड गर्ने, कर्मचारीलाई मानसिक तनाव दिने, फोन गरेर धम्काउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसेर आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, कानुनले निषेध गरेका शब्दहरू उल्लेख गरी म्यासेज गर्ने, कार्यकक्ष प्रवेशमा निषेध जस्ता कार्य निरन्तर हुँदै आएको छ,’ गृहमन्त्रीलाई दिएको निवेदनमा भनिएको छ । त्यस्ता गतिविधिले पदाधिकारी असुरक्षित भएको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार : सरकारलाई सभामुखको रुलिङ : त्रिविको समस्या तत्काल समाधान गर्नू

प्रतिक्रिया दिनुहोस