९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामचन्द्र पौडेल र शङ्कर भण्डारी एकै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र अर्का नेता शङ्कर भण्डारीले तनहुँ १ बाट आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार हुन पार्टीमा आवेदन दिएका छन्।

पौडेल २०७४ को प्रतिनिधि सभा चुनावमा तनहुँ १ मै उठेर पराजित भएका थिए भने भण्डारी तनहुँ २ बाट पराजित भएका थिए।

तनहुँ २ बाट दाबी नगरेर भण्डारीले यसपालि तनहुँ १ मा उठ्ने तयारी गरिरहेका छन्। 

यस्तै तनहुँ १ बाटै पार्टीका नेताहरू गोविन्द भट्टराई र रामचन्द्र पोखरेलले पनि उम्मेदवारका लागि सोमबार आवेदन दिएका थिए। तनहुँ काँग्रेसले आज पनि इच्छुकको आवेदन लिने बताएको छ। आवेदन आएका नाम सङ्कलन गरी तनहुँ काँग्रेसले प्रदेश कार्यसमितिलाई उम्मेदवार सिफारिस गर्नेछ।

काँग्रेसले हिजोआज प्रदेशसभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रका बैठक राखेर आगामी चुनावका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्न आवेदन लिइरहेको छ।

भदौ १८ गतेसम्म जिल्लाले उम्मेदवार सिफारिस गरी प्रदेशमा पठाउनेछ। प्रदेशले भदौ २० सम्म ती नाम अध्ययन गरेर रायसहित केन्द्रीय कार्यसमितिमा नाम पठाउनेछ।

काँग्रेसमा चुनावमा टिकट दिन केन्द्रीय संसदीय बोर्ड छ। उक्त बोर्डमा पदाधिकारीबाहेक नेता पौडेल मात्रै सदस्य छन्। संसदीय बोर्डलाई सभापति देउवाले पूर्णता दिइसकेका छैनन्।

रामचन्द्र पौडेलले आफू पहिले जहाँबाट पराजित भएको हो त्यहीबाट यसपालि चुनाव उठ्ने र जितेर आउने दाबी गरिरहेका छन्। पौडेल काँग्रेसको गत मंसिरमा भएको १४ औँ महाधिवेशनमा मौन बसेका थिए।

पौडेललाई त्यसपछि सभापति देउवाले सत्ता गठबन्धनका विभिन्न भूमिकामा जिम्मेवारी दिँदै आइरहेका छन्। केन्द्रीय सदस्य भण्डारी पनि देउवानिकट हुन्। तनहुँबाट सिफारिसमा परेकामध्ये अधिकांश सभापति देउवानिकट नै छन्। यसकारण तनहुँ १ मा टिकट दिन देउवामाथि चुनौती छ।

यसअघि २०७४ को चुनावमा तत्कालीन नेकपा एमालेबाट कृष्णकुमार श्रेष्ठ किसानले तनहुँ १ बाट जितेका थिए। उनी नेकपा एकीकृत समाजवादीमा छन्। एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा छ। काँग्रेसले पाँच दलीय सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने निर्णय गरेको छ।

कृष्णकुमारले पनि तनहुँ १ मा दाबी गरेका छन्। आफ्नै पार्टी भित्रका आकाङ्क्षीहरू र गठबन्धनबाट समाजवादीका किसानलाई मिलाएर लैजान तनहुँ १ मा प्रधानमन्त्री देउवासमक्ष चुनौती देखिएको छ।

प्रतिक्रिया दिनुहोस