९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीसँग चुनाव लड्न काँग्रेसका ३ नेताको दाबी, यस्तो छ पार्टीगत मत परिणाम !

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका तीन जनाले दाबी गरेका छन् ।

अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र अधिकारी, नेविसंघका पूर्व उपाध्यक्ष मेदनी सिटौला र विश्वदीप लिङ्देनले झापा-५ मा दाबी गरेका छन् ।

त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पेसा छोडेर अधिकारी गत निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्न पुगेका थिए । यसवर्ष पनि त्यसै क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गरी संसदमा नागरिकको आवाज उठाउनकै लागि उम्मेदवार बन्न चाहेको अधिकारीले बताए ।

नेपाल विद्यार्थी सङ्घका पूर्वउपाध्यक्ष सिटौला यसपटक झापा-५ मा उठ्ने दाबीसहित सक्रियता बढाएका छन् । ३५ वर्षदेखि उनी काँग्रेसको राजनीति गर्दै आएका छन् । सिटौलाले तरुण दलको केन्द्रीय सदस्य, केन्द्रीय प्रचार समिति र विधान मस्यौदा समितिको संयोजक भएर भूमिका निर्वाह गरेका थिए ।

‘३५ वर्ष काँग्रेसको राजनीति गर्दै आएको छु । राप्रपाको तथा तटस्थ मत आफूले तान्न सक्ने सिटौलाले बताए ।

झापामा डा.शेखर कोइराला पक्षको नेतृत्व सिटौलाले गर्दै आएका छन् । महामन्त्री शर्माको साथ पनि आफूलाई हुने उनले आशा व्यक्त गरे ।

महाधिवेशन प्रतिनिधि लिङ्देन प्रतिनिधिसभा निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्ने मनस्थितिमा छन् । लिङ्देन २०७४ सालमा माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश गरेका थिए । २०६४ सालमा लिङ्देनले माओवादीबाट ओलीलाई यस क्षेत्रमा हराएका थिए । उनी हालै लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय सदस्यमा लिङ्देन मनोनीत भएका छन् ।

झापा-५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा नं १ देखि ८ सम्म, गौरीगञ्जको ३ देखि ६ वडा पर्छ ।

कुल २९ वडा रहेको झापा–५ मा स्थानीय तहको निर्वाचनमा एमालेले १८ वटा वडामा जितेको छ । सत्तारुढ गठबन्धनको समर्थन पाएका राप्रपा उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा काँग्रेसले जितेको छ ।

झापा–५ भित्र पर्ने विभिन्न वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मत हिसाब गर्दा एमाले पहिलो छ । एमालेले ४१ हजार ६१९, काँग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७८८, राप्रपाले ८ हजार ३५३ र एकीकृत समाजवादीले १ हजार ९८८ मत ल्याएका छन् ।

सत्तारुढ गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत जोड्दा एमालेको भन्दा ६ हजार ८२१ मत कम छ ।

२०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष ओलीले देशभरको सर्वाधिक मतान्तरले काँग्रेस उम्मेदवारलाई हराएका थिए । ओलीले ५७ हजार १३९ मत ल्याई निर्वाचित हुँदा काँग्रेसका उम्मेदवार अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए । दुई उम्मेदवारबीचको मतान्तर २८ हजार ८४२ थियो ।

प्रतिक्रिया दिनुहोस