१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली चिनी प्रकरण : डिआइजी आचार्यले एसपीसँग मागे जवाफ

अ+ अ-

काठमाडौँ । । भारतबाट अवैध रूपमा भित्र्याएको भन्दै कैलाली प्रहरीले बरामद गरेको ९०० किलो चिनी जिल्ला प्रहरी कार्यालयबाटै हराएको विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चासो देखाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यले बरामद गरिएको चिनीको सम्बन्धमा कैलालीका एसपी सोमेन्द्रसिंह राठौरलाई मौखिक स्पष्टीकरण सोधेका छन् ।

आचार्यले एसपी राठौरलाई जवाफसहित प्रदेश प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् । प्रहरी स्रोतका अनुसार डिआइजी आचार्यले एसपी राठौरलाई मंगलबार बेलुकी ५ बजेसम्ममा प्रदेश प्रहरी कार्यालयमा आइपुग्न भनेका छन् । उनले मंगलबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी अधिकृत समेत पठाएका थिए ।

उनले बाहिर सार्वजनिक भए जस्तो प्रहरीको बदमासी देखिएको खण्डमा छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने समेत बताएका छन् ।

भदौ ८ गते राति करिब साढे ११ बजेको समयमा भारतबाट अवैध रूपमा अटो रिक्सामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले ५० किलो तौलका १८ बोरा चिनी प्रहरी नायब निरीक्षक ९सई० मदन धामी नेतृत्वको टोलीले बरामद गरेको थियो ।

रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले प्रहरीले तस्करलाई नै फिर्ता गरिदिएको आरोप लागेको छ । एसपी राठौरकै निर्देशनमा तस्करीको चिनी सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिएको आरोप लागेको छ ।

एसपी राठौरले चिनी भन्सार बुझाइसकेको दाबी गरे पनि भन्सारमा रेकर्ड छैन नि भनेर सोध्दा बुझेर बताउने प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस