७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सईको घर बनाउन प्रहरी कर्मचारीको दुरुपयोग

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षक (सई)ले काठमाडौँमा घर बनाइरहेका छन् । काठमाडौँको गोलढुंगामा निजी घर बनाउन प्राविधिक गुल्मका निमित्त प्रमुख प्राविधिक प्रहरी नायव निरीक्षक (सई) वीर बहादुर श्रेष्ठले कामदार चाहिँ प्रहरीका कर्मचारीलाई प्रयोग गरिरहेका हुन् ।

श्रेष्ठ प्रहरी प्रधान कार्यालय स्थित प्राविधिक गुल्मका प्रमुख हुन् । सो गुल्ममा इन्स्पेक्टरको दरबन्दी भए पनि श्रेष्ठले निमित्त इन्चार्ज चलाइरहेका छन् । निमित्त इन्चार्ज श्रेष्ठले प्राविधिक गुल्ममा दरबन्दी भएका जवान र हवल्दारलाई आफ्नो घर बनाउन कामदारको रूपमा प्रयोग गरेका छन् ।

गोलढुंगा स्थित उनको निर्माणाधीन घरमा ५ जना प्रहरी कर्मचारीलाई प्रयोग गरिएको छ । आवास तथा भौतिक इन्जिनियरिङ निर्देशनालय स्रोतका अनुसार उनको घर निर्माणमा प्रहरी हवल्दार भूपाल भुजेल, प्रहरी सहायक हवल्दार केशर बहादुर गोले, प्रहरी सहायक हवल्दार मुईमान तामाङ र प्रहरी सहायक हवल्दार मुईजा तामाङ सहित ५ जना प्रहरीलाई प्रयोग गरिएको छ ।

सामाखुसी स्थित सिनियर प्रहरी अधिकृतहरूको निवासमा खटिएको विवरण देखाएर श्रेष्ठले प्रहरी कर्मचारीलाई आफ्नो घर बनाउन खटाएका हुन् । नेपाल प्रहरीले सिनियर प्रहरी अधिकृतका लागी सामाखुसीमा आवासको व्यवस्थापन गरेको छ ।

प्रहरीमा पुरानो समयमा हाकिमका घर जवान र हवल्दारले बनाउँथे । अहिले प्रहरी नियमावली विपरीत जुनियर कर्मचारीलाई घरेलु कामदार बनाउन मिल्दैन । त्यसबारे प्रहरी प्रधान कार्यालयले आचार संहिता पनि लागु गरेको छ । तत्कालीन आइजिपी अच्युतकृष्ण खरेलको समयबाट घर बनाउन कामदार पठाउने चलन रोकिएको पूर्व प्रहरीहरू बताउँछन् ।

आचारसंहिता विपरीत प्रहरी कर्मचारीलाई निजी काममा खटाए कारबाही हुने प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस