आजबाट सिर्जनशील लघुवित्तको आईपीओ बिक्री खुला « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आजबाट सिर्जनशील लघुवित्तको आईपीओ बिक्री खुला


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) निष्कासन आजबाट बिक्री खुला भएको छ ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन आजबाट गरेको हो ।

निष्कासन गरिएको कुल सेयरमध्ये पाँच हजार ४७० कित्ता कर्मचारीहरूका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक व्यक्तिले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले लघुवित्तलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

आर्थिक वर्ष २०७७र७८ को वास्तविक वित्तीय विवरणानुसार कम्पनीको सञ्चित नाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । उक्त वित्तीय विवरणानुसार प्रतिसेयर आम्दानी ९३ रुपैयाँ ९१ पैसा छ । प्रतिसेयर नेटवर्थ ३०२ रुपैयाँ छ ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ३०२ देखि ९०६ रुपैयाँसम्म मूल्य रेन्ज पाउने देखिन्छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले कुनै पनि कम्पनीलाई धितोपत्र दोस्रो बजारमा कारोबारका लागि वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्छ ।

यो कम्पनीको रजिस्टर्ड कार्यालय सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वामा छ । हाल कम्पनीले १० जिल्लामा ३३ शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी सात करोड रुपैयाँ छ । आईपीओ जारी गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस