७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछामको तुर्माखाँद गाउँपालिकामा अध्यक्षविरुद्ध १२ कार्यपालिका सदस्य आन्दोलित

अ+ अ-

काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिकामा जनप्रतिनिधिहरू नै आन्दोलित भएका छन् ।

गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले एक्लौटी निर्णय गरेको भन्दै ८ मध्ये ६ वडाका वडाध्यक्ष र ६ जना कार्यपालिका सदस्यसहित १२ जना कार्यपालिका सदस्य आन्दोलित भएका हुन् ।

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष बिसीका निर्णयविरुद्ध नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू आन्दोलित भएका हुन् ।

भदौ ८ गते १२ जना कार्यपालिका सदस्यले विभिन्न चार बुँदे माग राखेर गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका थिए । उनीहरूले कार्यपालिकामा सल्लाह नै नगरी प्रमुख प्रशासकीय अधिकृत ल्याएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आफूखुसी योजना सिफारिस गरेको, कर्णाली जल परियोजनाको कार्यक्रममा आफूहरूलाई जानकारी नै नदिई कर्मचारी छनोट गरेको र कार्यपालिकामा छलफल नै नगरी गाउँपालिकाले भाडामा प्रयोग गरिरहेका घरहरूको म्याद थप नगर्नेसम्बन्धी सूचना निकालेको आरोप लगाएका छन् ।

सोही दिन गाउँपालिकाले घर भाडा सम्झौता नवीकरण नहुने सूचना निकालेको थियो ।

त्यस विरुद्ध उनीहरूले गत सोमबारदेखि गाउँपालिकाको कार्यालयमा धर्ना दिइरहेका छन् । भोलि (बिहीबार) गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरेका छन् । त्यसपछि पनि आफूहरूका माग सुनुवाइ नभए शुक्रबार (भदौ १७ गते) गाउँपालिकाका सबै कार्यालय र शाखामा तालाबन्दी गर्ने उनीहरूको पूर्वनिर्धारित कार्यक्रम छ ।

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत अहिले बिदामा छन् । आन्दोलित पक्षले आफूहरूका मागबारे संवेदनशील नभएर अध्यक्ष भागेको आरोप लगाएका छन् । अध्यक्ष बिसी अहिले सुर्खेतमा छन् ।

तर, गाउँपालिका अध्यक्ष बिसीले भने आफू सल्लाह नै गरेर बिदामा बसेको बताएका छन् । साथै उनले छलफल र वार्ताबाटै समस्या समाधान गर्न आफू तयार रहको पनि बताएका छन् । आफूले राजनीतिक रूपमा कसैप्रति पूर्वाग्रह नराखेको उनको दाबी छ । उनले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको र कसैको व्यक्तिगत स्वार्थ पनि राख्न नदिने बताएका छन् ।

उनले विवादबारे आफूले पत्रकार सम्मेलन गरेर सबै जानकारी दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस