६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यमन्त्री चौधरीसहित नेकपा एसका नेताहरू एमाले प्रवेश

अ+ अ-

काठमाडौँ । मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरू बुधबार एमालेमा प्रवेश गरेका हुन्।

कञ्चनपुरमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

यसैबीच एमाले प्रवेश गर्ने तयारी गरेपछि एकीकृत समाजवादीले राज्य मन्त्री चौधरीलाई बर्खास्त गरेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना एक जना राज्यमन्त्रीलाई पदबाट हटाएका हुन्। भट्टले भौतिक पूर्वाधार विकास राज्यमन्त्री रहेका कुलवीर चौधरीलाई मन्त्री पदबाट हटाएका हुन्।

प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए।

यस्तै माओवादी केन्द्रबाट पनि नेता शङ्कर दत्त जोशी, मोहन गिरि लगायतका नेताहरू एमाले प्रवेश गर्दैछन्।

प्रतिक्रिया दिनुहोस