८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीमतीलाई करारमा जागिर खुवाउने र नक्कली बिलबाट भुक्तानी लिने उच्च अदालतका रजिष्ट्रारविरुद्ध मुद्दा 

अ+ अ-

काठमाडौँ । श्रीमतीलाई करारमा जागिर खुवाउनेदेखि नक्कली बिल बनाएर भुक्तानी लिनेसम्मका अनियमितता गर्ने उच्च अदालतका तत्कालीन रजिस्ट्रार रण बहादुर कटुवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । चार लाख ९८ हजार ९९५ बिगो कायम गरी आयोगले बिहीबार उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पदको दुरुपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेट अनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाएर आफैँ स्वीकृत गरी स्वयंले शोधभर्ना लिने, सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटेल खर्च भएको स्वीकृत गरी बिल भरपाई बनाएर भुक्तानी दिएको आयोगको आरोप छ।

त्यस्तै, कतिपयमा स्टोरकिपरमा शोधभर्ना भई भुक्तानी लिने, व्यवसायीहरूसँग अफिसको हिसाब-किताव मिलाउन भनी बिल ल्याएर हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी मिति सच्याएर भ्रमण काजको भुक्तानी लिने लगायतको फर्जी कार्यको सदर गरी चार लाख ९८ हजार नौ सय ९५ भुक्तानी दिएका थिए । 

त्यस्तै, उनले नक्कली कागजात बनाएर श्रीमतीलाई हलुका सवारी चालकको भुक्तानी दिएको आरोपपत्रमा उल्लेख छ । स्थायी शिक्षकका रुपमा कार्यरत श्रीमतीलाई ०७६ चैतदेखि चार महिनाका लागि कम्प्युटर अपरेटर पदमा आफैँले करार सम्झौता गरेको कागजात बनाइ पारिश्रमिक भुक्तानी निवेदन लगायतका कागजात तयार गरी अदालतको लेखा शाखामा तोकादेश गरी एक लाख १२ हजार भुक्तानी लिने प्रयास गरेको आयोगले जनाएको छ

प्रतिक्रिया दिनुहोस