८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० सहसचिवको सरुवा, काठमाडौँ महानगरमा वसन्त अधिकारी

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित १० सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बिहीबार अबेर गरी ती सहसचिवको सरुवा टुङ्ग्याएका हुन् । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव एवं प्रवक्ता वसन्त अधिकारी काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका छन् भने त्यहाँका  लोकनाथ पौडेल मन्त्रालयको अतिरिक्तमा तानिएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोक राज पाण्डे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन् भने सूचना विभागमा महानिर्देशक गोगनबहादुर हमाल गृह मन्त्रालय आएका छन् । 

अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ भने बेपत्ता आयोगकी रोशनी कुमारी श्रेष्ठको गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश राउतको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश, वित्त आयोगका शम्भु कार्की शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । 

त्यस्तै स्थानीय पूर्वाधार विकास मन्त्रालयका कृष्ण कुमार मिश्र भौतिक पूर्वाधार विकास मन्त्रालय मधेस प्रदेश र त्यहाँका दीपक कुमार दासलाई वित्त आयोगमा सरुवा भएको छ । 

यससँगै अव बरन्डाका नामबाट परिचित मन्त्रालयको अतिरिक्त समूह केही रित्तिएको छ । अब विष्णु कोइराला र भुसाल दुई जना मात्रै अतिरिक्तमा छन् ।  

प्रतिक्रिया दिनुहोस