काठमाडौँ । पर्यटन सचिव सुरेश अधिकारीले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्रले पर्यटन बजारको बढावा र प्रचारप्रसार गर्नुपर्ने बताएका छन् ।
शुक्रबार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा अधिकारीले सरकारले पर्यटन क्षेत्रमा हुने गतिविधिमा निजी क्षेत्रलाई बाहिर राखेर काम नगर्ने स्पष्ट पारे ।
सचिव अधिकारीले राष्ट्रिय अर्थतन्त्रमा ५५ प्रतिशत योगदान गर्ने निजी क्षेत्रलाई बाहिर राखेर सरकार अगाडि बढ्न नसक्ने बताए ।
त्यस्तै, टानका नवनिर्वाचित अध्यक्ष नीलहरि बास्तोलाले ट्रेकिङ व्यवसायीहरूले दिएको मत घात नगरी दुई वर्षमा सार्वजनिक प्रतिबद्धता पूरा गर्ने विश्वास दिलाए ।